IME Life

यस साता ४ कम्पनी बाहेक सबै जीवन बीमाको शेयर मूल्य घट्यो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता नेप्से परिसूचक १ दशमलव २५ प्रतिशतले घटेको छ । असोज १० गते अन्तिम दिन नेप्से परिसूचक १८ दशमलव ६० अंकले घटेर २००४ दशलमव ३० को विन्दुमा कायम भएको छ अधिल्लो साता नेप्से परिसूचक ४४ अंकले बढेर २०२९ दशमलव ७८ को विन्दुमा कायम भएको थियो । साताको अन्तिम कारोबार दिन सबै उपसूचक घटेका थिए । असोज १० गते जीवन बीमा उपसूचक ० दशलमव ८१ प्रतिशतले घटेको थियो ।

साताको अन्तिम कारोबार दिन असोज १० गते कारोबार भएका १० वटा जीवन बीमा कम्पनीमध्ये ४कम्पनीको शेयर मुल्य बढेको छ भने बाँकी सबैको मुल्य घटेको छ । यस साता एशियन लाइफ इन्स्योरेन्सको शेयर मुल्य १ रुपैयाँ ८० पैसाले बढेर ६८५ रुपैयाँ कायम भएको छ । एलआइसी नेपालको शेयर मुल्य सामान्य रुपमा बृद्धि भई १४ सय ११ रुपैयाँ कायम भएको छ । रिलायबल नेपाल लाइफको शेयर मुल्य १ रुपैयाँ ३० पैसाले बढेर ४७९ रुपैयाँ कायम भएको छ । सन नेपाल लाइफको शेयर मुल्य २ रुपैयाँ ९० पैसाले बढेर ४८१ रुपैयाँ कायम भएको छ ।

Meta Holidays
Crest

त्यस्तै, यस साता हिमालयन लाइफको शेयर मुल्य ७ रुपैयाँ ५० पैसाले घटेर ४२९ रुपैयाँ कायम भएको छ । आइएमई लाइफको शेयर मुल्य ५ रुपैयाँ ५० पैसाले घटेर ५३२ रुपैयाँ कायम भएको छ । नेपाल लाइफको शेयर मुल्य ७ रुपैयाँ ९० पैसाले घटेर ६८२ रुपैयाँ कायम भएको छ । नेशनल लाइफ इनस्योरेन्सको शेयर मुल्य १० रुपैयाँले घटेर ५७७ रुपैयाँ कायम भएको छ । सूर्यज्योति लाइफको शेयर मुल्य १० रुपैयाँ ७० पैसाले घटेर ५४४ रुपैयाँ कायम भएको छ । सानिमा रिलायन्स लाइफको शेयर मुल्य ४ रुपैयाँले घटेर ५०१ रुपैयाँ कायम भएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS