IME Life
Beema Board

दुई लघु निर्जीवन बीमा कम्पनीले संकलन गरे करिब ४ लाख बीमा शुल्क

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को भदौ महिनासम्ममा दुई लघु निर्जीवन बीमा कम्पनीहरुले करिब ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले भदौ महिनासम्ममा कुल १०६ वटा बीमा पोलिसी विक्री गरी ३ लाख ९५ हजार कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले भदौ महिनासम्ममा ६६ वटा पोलिसी विक्री गरी २ लाख ७६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौ महिनामा मात्रै ५४ वटा पोलिसी विक्री गरी २ लाख १३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

त्यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले भदौ महिनासम्ममा १ लाख १९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ४१ वटा पोलिसी विक्री गरी उक्त बीमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै कम्पनीले ३३ वटा बीमा पोलिसी विक्री गरी ८७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS