IME Life
Beema Board

पुतलीबजार नगरपालिकामा गार्डियन माइक्रो लाइफको ३ दिने बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गत असार २२ गतेदेखि कारोबार संचालन गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लघु बीमा सम्बन्धी तीन दिने आधारभुत बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम असोज ४ गतेगतेदेखि संचालन गरी आज असोज ६ गते भव्यताका साथ सम्पन्न गरेको हो । उक्त तालिम स्याङ्जा पुतलीबजार नगरपालिकामा सम्पन्न भएको हो ।

उक्त तालिममा ३५ जना प्रशिक्षार्थीहरूको उपस्थिती रहेको थियो । कम्पनीले लघु बीमा व्यवसाय अभिवृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गरेको हो ।

Prabhu
Crest

कार्यक्रमको संचालन गार्डियन माइक्रो इन्स्योरेन्सकी ब्रान्च म्यानेजर राम माया अधिकारीले गरेकी हुन् । तालिम प्रशिक्षकमा क्षेत्रयि प्रबन्धक प्रकाश लामिछानेले गरेका हुन् । उक्त तालिम नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तोकेको मापदण्ड अनुसार संचालन गरिएको कम्पनीले जनाएको छ ।

तालिम प्रशिक्षक क्षेत्रयि प्रबन्धक प्रकाश लामिछानेले लघु बीमाको परिचय, लघु बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बीमाको विभिन्न पोर्टफोलिओ, अभिकर्ताले बीमा क्षेत्रमा खेल्नुपर्ने भुमिका लगायत बीमा सम्बन्धीका विषयमा प्रशिक्षण दिएका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS