Connect IPS
IME Life

दसैँ तिहारमा बेकोको योजना सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्रान्ड बेकोले नजिकिरहेको नेपालीहरुको दसैँ–तिहार २०७९लाई लक्षित गर्दै ‘बेकोको सौगात, सम्बन्ध प्रगाढ’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ।

यस योजना भदौ २७ देखि सीमित अवधिका लागि लागू गरिएको छ। उक्त योजनाअन्तर्गत बेको ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसअनुसार वासिङ मेसिन र वासर ड्रायरको खरिदमा ६ केजीको एरिअल म्याटिक वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा २ प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट उपहार पाइन्छ। यसका साथै सिंगल डोर रेफ्रिजिरेटरमा चोप्पर डबल डोर रेफ्रिजिरेटरमा इलेक्ट्रिक किटली र मल्टी डोर रेफ्रिजीरेटरमा ईलेक्ट्रिक प्रेसर कुकर उपहार पाइन्छ भने कुकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा प्रेसर कुकर र एअर कन्डिसनरको खरिदमा फ्री इन्स्ट्लेसन पाइन्छ।

Prabhu
Crest

यसका साथै कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ। शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वका अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सिजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटेलविभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्नेछन्।

नेपालभर बेको ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी ईओएल रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाण्डौभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाण्डौबाहिर पोखरा, इटहरी, हेटौँडा, भरतपुरमा छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS