SKIP THIS

MLBL
IME Life
Beema Board

लाभांशको सिजन शुरु भएसँगै २८ कम्पनीले गरे घोषणा, कुनले कति दिए शेयरधनीलाई प्रतिफल ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाभांशको सिजन शुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिरहेका छन् । आर्थिक वर्ष २०७९ /८० को लागि हालसम्म २८ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये ५ वटा वाणिज्य बैंक रहेका छन् । १५ वटा म्युचुअल फण्ड रहेका छन् । एक माइक्रोफाइनान्स कम्पनी रहेको छ । एक होटल, पाँच वटा मर्चेन्ट बैंक र एक इक्रा नेपाल रहेको छ ।

म्युचुअल फण्ड
गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा १५ म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका छन् । अधिकांश फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्षमा बढेको छ । एनएमबि हाइब्रिट फण्ड एल १ ले इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । एनएबि ५० ले पनि १५ प्रतिशत, प्रभु सेलेक्ट फण्डले ९ दशलमव ५ प्रतिशत, सानिमा इक्विटी फण्डले १८ प्रतिशत, एनआइबिएल प्रगति फण्डले ६ दशलमव ८ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ ले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

Prabhu
Crest

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत, सिद्धिार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ६ दशलमव ५ प्रतिशत, कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डले कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष भने यस फण्ड आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट अफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । लक्ष्मी उन्नती कोषले ९ दशलमव ५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ८ प्रतिशत र एनआईबिएल सहभागिता फण्डको ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

होटल एण्ड टुरिजम
ओरियण्टल होटल्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाखको ५ दशलमव २६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्नकका लागि असोज २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

इक्रा नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८०का लागि हाल कायम चुक्ता पुँजीको ५९ दशलमव १० प्रतिशतले हुन आउने नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई कुल ४ करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांश पारित गर्न कम्पनीले आफ्नो ११औँ वार्षिक साधारणसभा असोज २५ गते गर्ने भएको छ ।

मर्चेन्ट बैंक
हालसम्म ५ वटा मर्चेन्ट बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसअनुसार प्रभु क्यापिटलले ६ दशलमव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सिटिजन क्यापिटलले १२ प्रतिशत नगद लाभांश, सनराइज क्यापिटलले ३० प्रतिशत, कुमारी क्यासपटलले १५ प्रतिशत र एनआइसी एशिया क्यापिटलले ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

लघुवित्त
युनिक नेपाल लघुवित्तको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभा।श प्रस्ताव गरेको हो । लघुवित्तले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसअनुसार हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

वाणिज्य बैंक
आर्थिक वर्ष २०७९ /८० को लागि ५ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले आफ्नो गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । अब १४ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको कूल ३० दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २९ प्रतिशत बोनश शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश हो ।

त्यस्तै, एभरेष्ट बैंकले चुक्ता पूँजीको कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनश शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ । सानिमा बैंकले चुक्ता पूँजीको कूल १४ दशलमव ७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनश शेयर र ५ दशमलव ७ प्रतिशत नगद रहेको छ ।

त्यसैगरी माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पूँजीको कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५ दशलमव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । यी लाभांश घोषणा गरेका बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले भने साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति समेत तय गरिसकेको छ ।

कम्पनीहरुले घोषणा गरेको लाभांश विवरणको आधारमा तयार गरिएको समाचार

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

5%

दु :खी

52%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS