IME Life
GBIME

आर्थिक मन्दीकाे छायाँमा बीमकले अपनाउनुपर्ने रणनीति

SPIL
NIC ASIA new
NLIC

काेराेना महामारीकाे प्रभावबाट उम्किन नपाउँदै रूसले युक्रेनमाथि बाेलेकाे धावासँगै शुरू भएकाे विश्वव्यापी आर्थिक मन्दीकाे प्रभाव नेपालीकाे भान्छा घरसम्म प्रवेश गरिसकेकाे छ। पेट्राेलियम इन्धनकाे मूल्य वृद्धि भएकाे छ भने व्यापारी सामू सरकार सदा झै‌ं निरिह हुँदा खाद्यान्नकाे मूल्य वृद्धि अचाक्ली बढेकाे छ। बढ्दाे खर्च र सीमित आम्दानीबीच तालमेल मिलाउन नसक्दा सामान्यस्तरकाे कमाई हुने सर्वसाधारणहरु घाटाकाे बजेटमा तानतुन पारेर दाल भातकाे खर्च चलाई रहेका छन् ।

आर्थिक मन्दी भनेको आर्थिक गतिविधिमा भएको महत्वपूर्ण गिरावट हो, जुन अर्थतन्त्रमा फैलिएर केही महिनाभन्दा बढी समयसम्म कायम रहन्छ। वर्ल्ड इकोनोमिक फोरमका अनुसार हामीले विश्वव्यापी मन्दीको सामना गरिरहेका सङ्केतहरू प्रष्ट मात्रै नभएर मन्दीकाे प्रभाव गुणात्मकरूपमा वृद्धि भइरहेकाे छ । विकसित मुलुकहरू जर्मनी, जापान र अमेरिकामा उत्पादनकाे आकार घट्दै गएको छ । लगातार उच्च वार्षिक उत्पादन हुने चीनमा पनि सुस्तता आएको छ।

Crest

अन्य मन्दी सूचकहरूमा उच्च मुद्रास्फीति समावेश छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८० मा खाद्य तथा पेय पद्धार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ९.२३ प्रतिशत रहेको छ ।

मूल्य वृद्धिले सर्वसाधारणले खर्च गर्न सक्ने क्षमता गुमाउँदै गइरहेकाे वा कमजाेर हुँदै गइरहेकाे अवस्थालाई स‌ंकेत गर्छ। प्रत्येक क्षेत्रकाे पैसाकाे गणना हुने अर्थतन्त्रमा, बीमा उद्योगको लागि सिधा प्रभाव पार्न थालेकाे छ। दैनिक जीवन यापनका लागी नै सीमित आम्दानी अपर्याप्त भइरहेका बेला एक दशकभन्दा लामाे अवधिसम्मका लागी जीवन बीमामा पैसा लगानी गर्ने जाेखिम आम उपभाेक्ताले लिन चाहेका छैनन् । राज्य व्यवस्थाप्रति अविश्वासका कारण सर्वसाधारणमा सकेसम्म नगदै आफूसँग राख्ने प्रवृत्ती बढेकाे छ।

अर्थतन्त्रकाे आकारमा आएकाे स‌ंकुचनसँगै मन्दीकाे चक्रमा अन्ततः बीमा कम्पनी पनि जेलिएकाे छ। गत आर्थिक वर्ष २०७९/८० मा बीमा व्यवसायकाे नकारात्मक वृद्धि दरले यसकाे पुष्टी गरि सकेकाे छ।

मन्दीकाे प्रत्यक्ष असरकाे नतिजास्वरुप बीमा याेजनाहरुको मागमा स‌ंकुचन पहिलो र सबैभन्दा स्पष्ट प्रभाव हुनेछ। अनिवार्य गरिएका र आधारभूत सुविधा मात्र समावेश गरिएका निर्जीवन बीमालेखहरु मागकाे हिसाबले तुलनात्मकरुपमा कम लोचदार हुन्छन्, किनभने यस्ता बीमालेखले बीमितलाई न्यूनत्तम सुरक्षाकाे प्रत्याभूती दिएकाे हुन्छ । तर अतिरिक्त जाेखिम बहनका सुविधाहरु बीमितले अस्वीकृत गरेर बीमावापतकाे लागत कटाैतीकाे प्रयास शुरु गरिसकेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले संकलन गर्ने प्रथम बीमाशुल्क करिब २५ प्रतिशतले खुम्चिएकाे थियाे । जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा ४१ अर्ब ४४ करोड रुपैयाँ प्रथम बीमाशुल्क स‌ंकलन गरेकाेमा गत आवमा २४.७२ प्रतिशतले खुम्चिएर ३१ अर्ब २० करोड रुपैयाँमा सीमित भएको थियाे ।

चालू आर्थिक वर्षकाे पहिलाे महिना साउनमा निर्जीवन बीमा व्यवसायकाे बीमाशुल्क आम्दानी ११‍.०९ प्रतिशतले खुम्चिएकाे छ। गत आवकाे साउनकाे तुलनामा चालू आवकाे साउनमा बीमाशुल्क आम्दानी खुम्चिएर ३ अर्ब ९८ कराेड ५७ लाख रुपैयाँमा सीमित हुन पुगेकाे हाे ।

बीमा बजारमा अहिलेकाे समयमा बीमकबीच बीमाशुल्ककाे आधारमा नभएर बीमितलाई बढी भन्दा बढी सहजरुपमा सेवा उपलब्ध गराउने र प्रविधि मैत्री सेवाकाे प्रयाेगले पनि ग्राहकहलाई आकर्षित गर्न र टिकाई राख्न प्रतिस्पर्धा केन्द्रित हुने देखिएकाे छ।

सम्पत्तिकाे बजार मूल्य खस्किँदा, बीमकले आफ्नो बीमा काेष लगानी गरेर प्राप्त गर्ने प्रतिफल घट्नेछ । त्यसैले बीमकले लगानी गरेको पैसा पुन: प्राप्ति गर्न अन्य तरिकाहरू हेर्न आवश्यक हुनेछ। यसले लागत घटाउनको लागि, वा ऋण लिने वा वित्तीय पुनर्बीमा गर्नको लागि उनीहरूसँग आवश्यक स्तरको वित्तीय दायीत्व बहन गर्न सक्ने क्षमता छ भनी सुनिश्चित गर्न दाबी भुक्तानी जस्ता कार्यको प्रभावकारितालाई अझ बढाउने चुनाैती बीमक सामू  चुनौती दिने थप बीमककाे हुनसक्छ।

बीमकहरुले अनावश्यक खर्चमा कटौती गर्ने तरिकाहरू विचार गर्नुपर्छ। तर अनावश्यक खर्च कटाैती गर्ने निहुँमा दक्ष जनशक्ति कटाैती गर्नुको सट्टा, माैजुदा जनशक्तिकाे अधिकत्तम परिचालन गर्न र नयाँ व्यापार मोडेलहरूकाे खाेजी गर्ने तर्फ विचार गर्नुपर्छ। प्रविधि, व्यक्ति, बीमालेखहरु जसले दिगो परिणाम दिन्छ, निरन्तर रूपमा लगानी गर्नुपर्छ, र विभिन्न जोखिमलाई विचार गर्दै यस्ताे कामकाे लागि अझै बढी समय खर्च गर्नुपर्छ। बीमितकाे भविष्यका आवश्यकता र माग सिर्जना हुने सम्भावित बजार खण्डमा निरन्तर विचार पुर्याउनुपर्छ।

अहिलेकाे अवस्थामा बीमा कम्पनीकाे नेतृत्वले अहिलेकाे मन्दी पछि देखा पर्ने भावी आर्थिक चरणलाई सावधानीपूर्वक अवलाेकन र मूल्या‌ंकन गर्नु जरूरी छ। भावी आर्थिक चरणलाई आ‌ंकलन गर्न सक्ने दूरदर्शिता नभएकाे कम्पनीकाे व्यवस्थापनले आर्थिक चुनाैतीसँग जुध्ने मात्र नभएर खराब व्यापारकाे समेत शिकार हुनसक्छ। यसले अन्य बीमकसँग बीमा व्यवसायमा प्रतिस्पर्धा गर्न असमर्थ तुल्याई दिनसक्छ। अर्कोतर्फ, उच्च जाेखिमयुक्त क्षेत्रमा लगानी, खराब लगानीकाे क्षेत्र चयन, प्रविधि वा रणनीतिमा समयानुकुल परिवर्तन गर्न नसक्ने व्यवस्थापनलाई चुनाैतीले अझै पछाडी धकेल्ने जाेखिम पनि उत्तिक्कै हुन्छ।

अहिलेकाे अवस्थामा खस्कँदाे व्यापारलाई थेग्न बीमकले अण्डरराइटिङमा सम्झाैता गरेर कमजाेर अण्डरराइटिङ गर्ने वा जानाजान जाेखिमलाई आँखा चिम्लेर स्वीकार्ने सक्ने स‌ंभावना पनि उत्तिक्कै प्रबल छ। त्यसैले मन्दीका बेला बीमा याेग्य हित, बीमितकाे आय आर्जन क्षमता, बीमा गर्नुकाे उद्देश्य र नैतिक जाेखिमलाई अझै सावधानीपूर्वक विश्लेषण गरेर बीमा प्रस्ताव स्वीकृतीकाे निर्णय लिनुपर्छ।

मन्दीका बेला ठूलाे ठूलाे बीमा‌ंककाे बीमा प्रस्ताव हात पर्दा बीमककाे तल्लाे तहदेखि उच्च पदस्थ कर्मचारीकाे समेत मन लाेभिनु स्वाभाविक हाे । अन्य समयमा जीवन बीमाका लागि खासै रूची नदेखाउने व्यक्तिले आर्थिक मन्दीकाे समयमा जीवन बीमामा ठूलाे बीमांककाे जीवन बीमाकाे प्रस्ताव गर्नु अवश्य पनि अण्डरराइटिङकाे दृष्टीकाेणले श‌ंका गर्नुपर्ने विषय हाे ।

अहिलेकाे समयमा बीमा व्यवसाय दिलाई दिने प्रलाेभन देखाएर कथित ठूला एजेन्सी, शंकास्पद पृष्ठभूमीका समूह र बैंक वित्तीय संस्थाका कर्मचारीले बीमकसँग माेलमाेलाई पहिलेकाे तुलनामा अझै बढाउन सक्ने जाेखिम पनि उत्तिक्कै हुन्छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS