IME Life

रोयल इन्फिल्डको ‘वान राईड २०२३’ कार्यक्रम सम्पन्न

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वान राईड २०२३’ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलका ग्राहकले अनलाइन फारम भरेर यो राइडमा सहभागी भएका थिए ।

बिश्वभर एकै दिन आयोजना गरिएको सो राइडको नारा ‘वान मिसन वल्र्ड, वान वल्र्ड, वान राइड’ रहेको थियो । उक्त राइड भदौ ३१ गते रोयल इन्फिल्ड सोरुम नक्सालबाट सुरु भएर लाकुरे पुगेर समापन भएको हो ।

Crest
Meta Holidays

उक्त राइडमा सहभागीलाई सडक सुरक्षाका वारेमा जानकारी गराइएको थियो । काठमाडौं सहित देशका १३ शहरमा सम्पन्न सो राइडमा काठमाडौंंबाट रोयल इन्फिल्डका हिमालयन, क्लासिक ३५०, मेटिअर ३५०, स्क्र्याम ४११ र हन्टर ३५० मा सवार एकसय भन्दा वढीले सहभागिता जनाएका थिए । वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो ।

बिश्वभरका सबै रोयल इन्फिल्डका ग्राहकलाई एकै ठाउँमा ल्याउने र प्योर राइडको उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो । यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठूलो राइडमा गणना हुन थालेको छ । यसलाई वार्षिक रुपमा हुने रोयल इन्फिल्डको सबैभन्दा ठूलो कार्यक्रम मान्ने गरिन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x