काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेका विभिन्न पदहरुका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै ३० जना करार सेवाका लागि कर्मचारी माग गरेको हो । बैंकले सातै प्रदेशका विभिन्न कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ । बैंकले सिपाही देखि मेकानिकल इन्जिनियर लगायतका विभिन्न धेरै पदहरुका लागि कुल ३० जना कर्मचारी माग गरेको हो । पदहरुमा आवेदन दिनको लागि आठ कक्षा पासदेखि प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले असोज १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले माग्यो ३० जना कर्मचारी, आठ कक्षा पासलाई पनि अवसर

