काठमाडौं । युनिक नेपाल लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभा.श प्रस्ताव गरेको हो ।
लघुवित्तले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसअनुसार हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
1694847903401