IME Life
Beema Board

लाभांश प्रस्ताव गरेका ४ वाणिज्य बैंकमध्ये कसको “डिभिडेण्ड इल्ड” आकर्षक ? (टेबल सहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाभांशको मौसम सुरु भएको छ। गत आर्थिक वर्ष ७९/८०सम्मको संचित मुनाफाबाट ४ वाणिज्य लाभांश प्रस्ताव गरेका छन् । ४ वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंकले साधारणसभाको मिति पनि तय गरेको छ भने अन्य तीनले साधारणसभा र बुक क्लोजको मिति तय गर्न बाँकी छ ।

कम्पनीको बजार मूल्य र प्रस्तावित लाभांशलाई दाँजेर हेर्दा कुन कम्पनीको लाभांशमा आजको बजार मूल्यमा खरिद गर्दा धेरै प्रतिफल छ भन्नको लागि “डिभिडेण्ड इल्ड”बाट हेर्न सकिन्छ । उदाहरणको लागि कुनै कम्पनीको बजार मूल्य २०० रुपैयाँ छ र त्यो कम्पनीले १० प्रतिशत नगद लाभांश दिँदै छ भने सो मूल्यमा शेयर खरिद गरेर लाभांश खादा ५ प्रतिशतको इल्ड प्राप्त हुन्छ। (अंकित मूल्य एक सय भएको अवस्थामा)

Prabhu
Crest

माछापुच्छ्रे बैंकको संचालक समितिको बैठकले १३  दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ८ गते बुक क्लोज गरेको छ। यसको अर्थ असोज ७ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्ने योग्य हुनेछन् । त्यस्तै एभरेष्ट बैंकको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र १० दशमलव ५३ प्रतिशत नगद लाभांश र सानिमा बैंकको संचालक समितिको बैठकले ९ प्रतिशत बोनस र ५ दशमलव ७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । दुई आर्थिक वर्ष पछि एनआईसी एशिया बैंकले २९ प्रतिशत बोनस शेयर र १ दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

भदौ २७ गतेको बजार मूल्यको आधारमा ४ बैंकमध्ये माछापुच्छ्रे बैंकको “डिभिडेण्ड इल्ड” सबै भन्दा धेरै छ । माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने कम्पनीको बजार मूल्य २६९ रुपैयाँ छ । पछिल्लो बजार मूल्यको आधारमा बैंकको “डिभिडेण्ड इल्ड” ५ दशमलव २० प्रतिशत छ ।

त्यस्तै सानिमा बैंकको पछिल्लो बजार मूल्यको अधारमा “डिभिडेण्ड इल्ड” ४ दशमलव ८७ प्रतिशत, एनआईसी एशिया बैंकको ३ दशमलव ७३ प्रतिशत  र एभरेष्ट बैंकको ३ दशमलव २८ प्रतिशत रहेको छ ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS