काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको भदौ २८ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशलमव ५२६३ प्रतिशत नगद गरि कुल ३० दशलमव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले प्रस्ताव परेको यस लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
1694754073868