काठमाडौं । प्रभु क्यापिटलले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यापिटलले असोज १९ गते साधारण सभा आह्वान गरेको हो । क्यापिटलको भदौ २५ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
क्यापिटलले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
साधारण सभाले गत आर्थि कवर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, थप संशोधन गर्नु परेमा संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।