SKIP THIS

Sun Securities
IME Life

पुनर्वास नगरपालिकामा प्राधिकरणद्धारा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा बीमा प्रवर्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख उपनिर्देशक हृदयश्वर पण्डितको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्मा, विशेष अतिथि नगरपालिका उपप्रमुख भुलिया कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, कृषि तथा पशु सेवा शाखाका कर्मचारी, पत्रकार, कृषक, उद्दोग वाणिज्य संघका प्रतिनिधि, समाजसेवी गरी पन्चानब्बे जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्देश्य सम्बन्धमा प्रकाश पार्दै प्राधिकरणका सहायक निर्देशक छबिलाल लामिछानेले सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्दै प्राधिकरण बीमाको विकास तथा प्रवर्धन गरी बीमितको हित संरक्षण गर्ने सम्बन्धमा प्रतिवद्ध रहेको बताए ।

Crest
Meta Holidays

त्यस्तै, प्राधिकरणले बीमाको विकासका लागि गरिरहेको गतिविधि तथा बीमाका माध्यमबाट नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्ने सम्बन्धमा स्थानीय सरकारले बीमा सम्बन्धी नीति निर्माण गरी सामाजिक सुरक्षा तथा विपदको व्यवस्थापन गर्न सक्ने मोडालिटीका सम्बन्धमा कार्यक्रमका सभापति उपनिर्देशक पण्डितले कार्यपत्र प्रस्तुति गरेका थिए ।

कार्यपत्रको प्रस्तुति पश्चात छलफलमा सहभागीहरुले भारतीय बीमा कम्पनीले सीमावर्ती क्षेत्रमा गरिरहेको बीमा व्यवसायको सम्बन्धमा जिज्ञाशा राखेका थिए । त्यस्तै कृषि बीमा गर्नका लागि बीमक सम्पर्कमा नरहेको, दाबी भुक्तानी प्रक्रिया झन्जटिलो भएको र स्थानीय स्तरमा संधीय सरकार तथा प्रदेश सरकारले प्रदान गर्ने गरेको अनुदानको बारे जानकारी नरहेको धारणा सहभागीहरुले राखेका थिए।

सहभागीहरुले सीमा पारी दुधवा राष्ट्रिय निकुन्जबाट आउने जङ्गली हात्ती लगायतका जनावरले गर्ने नोक्सानीको रक्षावरण गर्न, सुकुम्वासी तथा न्यूनआय भएका नागरिकको नगरपालिकाले बीमा सम्बन्धी कार्यक्रम बनाई लागू गर्नु पर्ने विषयमा नगरपालिकाको ध्यानाकर्षण समेत गराएका थिए ।

नगरपालिकाका उपप्रमुख भुलिया कुमारी रानाले प्राधिकरणले प्रादेशिक स्तरमा कार्यलय स्थापना गरेकोमा खुशी व्यक्त गर्नु हुदै आगामी दिनमा सर्वसाधारणलाई पर्न्ने समस्या समाधान गर्न सहज हुने धारणा राखिन्।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख तोय प्रसाद शर्माले कृषि बीमामा संघीय सरकार र प्रदेश सरकारले प्रदान गरेको अनुदान पश्चात कृषकले लगभग सित्तैमा बीमा सुविधा प्राप्त गर्ने अवसर हुदाँ हुदै नगर क्षेत्रमा रहेका कृषकले जानकारीको अभावमा उक्त अनुदानबाट लाभ लिन नसकेकोमा दुख व्यक्त गर्नु हुदै आगामी दिनमा नगरपालिकाको कृषि तथा पशु सेवा शाखाले सो विषयमा सहजीकरण गर्ने बताए ।

साथै नगरपालिकाले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउदा प्राधिकरणसंग प्राविधिक सहयोग लिई बीमा सम्बन्धी कार्यक्रम समावेश गरिने बताए । नगरपालिकाको सभाहलमा योजना गरिएको उक्त कार्यक्रमको सहजीकरण तथा संचालन प्राधिकरणका सहायक प्रथम गेहेन्द्र अवस्थीले गरेका थिए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x