IME Life

यादवले सम्हाले लिबर्टी माइक्रो लाइफमा सिइओको जिम्मेवारी, बीमामा दुई दशकको अनुभव

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । लघु जीवन बीमा कम्पनी लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सिइओमा रामकुमार यादव नियुक्त भएका छन् । बीमा प्राधिकरणबाट आज भदौ २७ गते स्वीकृति भई उनले आजैबाट जिम्मेवारी सम्हालेका हुन् ।

मेट लाइफ इन्स्योरेन्समा १९ वर्ष कार्य गरि हेड अफ अपरेशन (सञ्चालन प्रमुख)को जिम्मेवारी समेत सम्हालि सकेका यादवले नेपाल पुनर्बीमामा जीवन बीमा विज्ञको रूपमा समेत काम गरेका छन् । त्रिभूवन विश्वविद्यालयबाट विज्ञान र व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका यादवले कपिलवस्तुबाट विद्यालय तहको अध्ययन पुरा गरेका हुन् ।

Crest
Meta Holidays

उनले ग्रामिण तथा सिमान्तकृत क्षेत्रमा बीमाको पहुँच विस्तार गर्ने बताएका छन् । सोही अनुसार भौगलिक तथा आर्थिक रुपमा पिछडीएको वर्गमा गएर बीमा सेवा प्रदान गर्ने मुख्य योजना रहेको उनले बताए । यस कम्पनीको औपचारीक उद्घाटन दशैं अघि नै गर्ने समेत उनले जनाएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

10%

उत्साहित

10%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x