Connect IPS
IME Life

सनराइज क्यापिटलको साधारण सभा मिति तय, लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। क्यापिटलले असोज १० गते आफ्नो कार्यालय, कमलपोखरी, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो। उक्त सभा बिहान साढे १० बजे शुरु हुनेछ।

क्यापिटलको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात र सोही अवधिको नाफा(नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । सभाले सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभ्ने गाभिने गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS