Connect IPS
IME Life

नेप्सेमा झिनो अंकको गिरावट हुँदा १५१ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारममा गिरावट आएको छ । हिजो सामान्य अंकले बढेको बजार आज भने ६ दशलमव ४५ अंकले घटेर १,९६१ को विन्दुमा कायम भएको छ । आज ७१ कम्पनीको शेयर मुल्य बढेको छ भने १५१ कम्पनीको शेयर मुल्य घटेको छ । आज उत्पादनमुलक उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २७७ कम्पनीको २४ लाख ८० हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ७९ करोड ६८ लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ५८ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ ।

Prabhu
Crest

त्यस्तै, साल्ट ट्रेडिङको २ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको २ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको २ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएमबि मायक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् । ईङवा हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फण्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् । लिबर्टी इनर्जीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS