IME Life

चितवनमा गार्डियन माइक्रो लाइफको ३ दिने बीमा अभिकर्ता तालिम भव्य रुपमा सम्पन्न

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । असार २२ गतेदेखि कारोबार संचालन गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लघु बीमा सम्बन्धी तीन दिने आधारभुत बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम भदौ १७ गतेदेखि संचालन गरी आज भदौ १९ गते भव्यताका साथ सम्पन्न गरेको हो । उक्त तालिम चितवनको, चितवन गार्डेन रिसोर्ट भरतपुरमा सम्पन्न भएको हो ।

उक्त तालिममा ५० जना प्रशिक्षार्थीहरूको उपस्थिती रहेको थियो । कम्पनीले लघु बीमा व्यवसाय अभिवृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गरेको हो ।

Crest
Meta Holidays

तालिम कार्यक्रमको उद्घाटन कम्पनीकी एजेन्सी हेड सुनिता कोइरालाले गरेकी हुन् । कार्यक्रमको संचालन गार्डियन माइक्रो इनस्योरेन्सको क्षेत्रयि प्रबन्धक प्रकाश लामिछानेले गरेका हुन् । उक्त तालिम नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तोकेको मापदण्ड अनुसार संचालन गरिएको कम्पनीले जनाएको छ ।

तालिममा सहभागीहरुलाई कम्पनीकी एजेन्सी हेड कोइलाले प्रशिक्षण दिएकी हुन् । उनले लघु बीमाको परिचय, लघु बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बीमाको विभिन्न पोर्टफोलिओ, अभिकर्ताले बीमा क्षेत्रमा खेल्नुपर्ने भुमिका लगायत बीमा सम्बन्धीका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

गार्डियन माइक्रो लाइफले साउन महिनामा ३५५ वटा बीमा पोलिसी विक्री गरी ४ लाख २३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x