IME Life

बजारकाे तुलनामा बीमा कम्पनीकाे संख्या अझै बढी भाेः अर्थमन्त्री

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। अर्थमन्त्री डा‍. प्रकाश शरण महतले बीमा कम्पनीहरुकाे स‌ंख्या अझै घटाउनुपर्ने आवश्यक्ता रहेकाे बताएका छन् । नेपाल बीमा प्राधिकरण र बैंकिङ समाचारकाे संयुक्त आयाेजनामा भएकाे नेशनल इन्स्याेरेन्स डिसकाेर्स कार्यक्रमलाई भिडियाे कन्फ्रेन्स मार्फत् सम्बाेधन गर्दै अर्थमन्त्री महतले सानाे बजारमा ठूलाे स‌ंख्यामा रहेकाे बीमा कम्पनी स्थायीत्व सुनिश्चित गर्न कठिनाई हुने धारणा व्यक्त गरे ।

निजी क्षेत्रमा हर्ड मेण्टालिटी(लहैलहैमा लाग्ने प्रवृत्ती) छ, सबै एकैखाले काराेबारमा लाग्छन्,उनले अझै पनि बीमा कम्पनीहरुबीच मर्जरकाे आवश्यकता औंल्याउँदै भने, सानाे बजारमा पर्याप्त व्यापार नहुँदा दायीत्व आइपरेपछि आनाकानी गर्ने अवस्था आउनसक्छ,त्यसैले अब कन्साेलिडेट हुनुपर्ने बेला भएकाे छ।

Crest
Meta Holidays

अर्थमन्त्री महतले पब्लिक शेयरबाट पूँजी जुटायाे, त्यसपछि चाहिँ संस्थापक लगानीकर्ता बाहिरिने र टाप कस्ने प्रवृत्ती भयाे भने बीमा बजार वृद्धि हुन नसक्ने बताए । उनले बीमा व्यवसायलाई भरपर्दाे र सस्टेनेबल भल्युम दिलाउनुपर्नेमा जाेड दिंदै बीमा कम्पनीहरू गाभिने सँगसँगै व्यापार वृद्धि, पारदर्शी, प्रतिस्पर्धी र भरपर्दाे बनाउनु जरुरी भएकाे बताए।

अर्थमन्त्री महतले बीमा बेच्ने बेलामा समस्या पर्ने बित्तिक्कै हाजिर छाै‌ं, भनेर फकाउने प्रवृत्ती बीमितले दाबी भुक्तानी दिने बेला पनि देखाउनुपर्ने, विश्वासयाेग्य र भरपर्दाे बनाउनुपर्ने आवश्यक्ता औंल्याए । बीमा दाबी दिने बेलामा भाग्ने, दाैडधुपकाे खर्च नै महँगाे पर्ने भएकाले बीमा किन गर्ने भन्ने बुझाई पनि नकारात्मक हुन पुगेकाे आफूले पाएकाे उनकाे भनाई छ।

उनले नियामक नेपाल बीमा प्राधिकरणलाई पनि उत्पादनमूलक काम बिना नाफा खाेज्ने रेण्ट सिकिङ प्रवृत्ती त्याग्न चेतावनी दिए। उनलेकार्यक्रमका  सहजकर्ताकाे जिज्ञासामा प्रतिकृया जनाउँदै भने,प्राधिकरणले पनि साेच शैली परिवर्तन गर्नुपर्छ,  रेण्ट सिकिङ विहेभिएरलाई बन्द गर्नुपर्छ भन्ने मैले पटक पटक भनेकाे छु ।

उनले सरकारी स्वामित्वकाे बीमा कम्पनीकाे काम गर्ने रवैया प्रति असन्तुष्टी व्यक्त गर्दै भने, मैले सरकारी बीमकलाई याे तालले हुँदैन भनेकाे छु, बदलिंदाे समय अनुसार नयाँ ढंगले अघि बढ्नुपर्छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

0%

दु :खी

14%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x