Connect IPS
IME Life

देशबन्धुको नेतृत्वमा १७ सदस्यीय पर्यटन समिति विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशबन्धु वस्नेत (अजित) नेतृत्वको पर्यटन तथा हवाई यातायायत समिति विस्तार भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सभापति वस्नेतको उपस्थितीमा महासंघमा एक कार्यक्रमकाबीच उक्त समिति विस्तार गरिएको हो ।भुकम्प र कोरानापछि थिलथिलो भएको नेपालको पर्यटन क्षेत्रलाई उजागर गरी देशको ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याउने उद्देश्य सहित उक्त समिति विस्तार गरिएको हो । सो समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरी वस्तोला र नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ रहेका छन् ।

यसैगरी सदस्यहरुमा हानका अध्यक्ष विनायक शाह, नाराका अध्यक्ष शिव अधिकारी, एनटीभएका अध्यक्ष कुलप्रसाद न्यौपाने, वेष्ट रिसोर्टका प्रबन्ध निर्देशक सचिन ढकाल र पर्यटन बोर्डका तर्फबाट सिर्जना नेपाली रहेका छन् ।

Prabhu
Crest

यसैगरी आमन्त्रित सदस्यहरुमा रेवानका उपाध्यक्ष संघर्ष विष्ट, पाटा नेपाल च्याप्टर अध्यक्ष विभुती चन्द ठकुरी, होटल स्टर्न स्टारका अध्यक्ष भावेशकुमार श्रेष्ठ, एचपीएफएनका निवर्तमान अध्यक्ष अमृत भुजेल र एभरेष्ट ग्रूपका नर्देशक प्रनिल प्रधान रहेको छन् ।

यस्तै उक्त समितिको सल्लाहकारहरुमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, मेरिएट काठमाडौंका अध्यक्ष शशिकान्त अग्रवाल, लुम्बिनीका सद्धभावना दूत विक्रम पाण्डे, डोल्मा फण्ड अन्तरगत प्राक्टिक टुरिजमका प्रमुख उप्पल मजुम्दर रहेका छन् ।

समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासंघ अध्यक्ष ढकालले अहिलेको अवस्थामा उक्त समितिले पर्यटन क्षेत्रको सुधारका साथै महासंघको साख उचो बनाउन भुमिका खेल्ने विश्वास लिएका छन् ।

यसैगरी समितिका सभापति देशबन्धु वस्नेतले उक्त समितिले देशमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण भुमिका रहेको पर्यटन क्षेत्रलाई देश विदेशमा प्रचारप्रसार तथा प्रवद्र्धनात्मक कार्यक्रम गरिने बताए । ‘हामीले अहिलेको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा हवाई क्षेत्रलाई विस्तार गर्ने उद्देश्य अनुरुप यससँग आवद्ध सबैजसो संघसंस्थाका प्रतिनिधिहरुलाई समेट्ने प्रयास गरेका छौं,’ उनले भने, ‘आशा छ यस समितिले नजिता निकाल्ने गरी काम गर्नेछ ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS