काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २९ दशमलव ४७ अंकले बढेर २,०४५ को विन्दुमा कायम भएको छ । आज २०४ कम्पनीको शेयर मुल्य बढेको छ भने २० कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबै उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक बढेको छ आज यस उपसूचक २ दशमलव ७४ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई ब्यालेन्स फण्डका इकाईनीले ९ दशलमव ६४ प्रतिशतका दरले कमाएका छन् । लिबर्टी इनर्जीका लगानीकर्ताले ९ दशलमव ४५ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सबैभन्दा धेरै सिटिजन सुपर ३० म्युचुअल फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ४२ प्रतिशतका दरले गुमाएका हुन् ।