SKIP THIS

Sun Securities
IME Life

अभिकर्ता तालिमको महत्व र आवश्यकता: नानु खड्काको लेख

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

नेपालमा हाल १४ वटा जीवन बीमा कम्पनी तथा १४ वटा निर्जिवन बीमा कम्पनी कार्यरत रही आफ्नो कारोबार गर्दै आईरहेका छन् । जीवन बीमा होस कि निर्जिवन बीमा त्यस कम्पनीमा रहने मध्यस्तकर्ता अभिकर्ताले कम्पनीलाई व्यवसाय ल्याउनमा ठूलो भूमिका खेलेको हुन्छ । अझ जीवन बीमामा अभिकर्ताको भूमिका धेरै नै महत्वपूर्ण हुन्छ ।

तत्कालिन श्री बीमा समिति हाल नेपाल बीमा प्राधिकरणले कुनै व्यक्ति कुनै कम्पनीको अभिकर्ता हुन चाहेमा कम्तीमा प्रवेशिका तहको परिक्षा उतीर्ण गरेको व्यक्तिले बीमा कम्पनीले दिने १७ घण्टाको तालिम (साधारणतया ४ दिने तालिम) मा सहभागीता जनाए अभिकर्ता इजाजत पत्र प्राप्त गर्ने प्रावधान छ । अभिकर्ता इजाजत पत्र सम्बन्धी परिक्षा र इजाजत शुल्कमा परिमार्जन गर्दै नियामकले तीन वर्षे अवधि र तीन हजार रुपैयाँ शुल्क निर्धारणको तयारी गरेको छ ।

Crest
Meta Holidays

हालसम्म अधिकांश बीमा कम्पनीले आफ्ना कर्मचारी र अनुभवी अभिकर्तामार्फत् अभिकर्तासम्बन्धी तालिम प्रत्यक्षरुपमा सञ्चालन गर्दै आएका छन् । केही बीमा कम्पनीले स्वचालित प्रणाली प्रयोगमा ल्याएर सूचना प्रविधिको माध्यमबाट भौतिक उपस्थिति बिना नै तालिम सञ्चालनको अभ्यास समेत शुरु गरिसकेका छन् । यी तालिमहरुमा अभिकर्ता भएर फिल्डमा खटिंदा सामना गर्नुपर्ने व्यवहारिक चुनौतीका विषयमा बिरलै प्रशिक्षण दिइन्छ । यसरी अभिकर्ताहरुलाई दिदैं आएको तालिममा धेरैजसो किताबी ज्ञान मात्रै समेटिएको छ । जबकि अभिकर्ता बीमा क्षेत्रमा अव्वल हुनको लागि बजारको व्यवहारिक पक्षको बारेमा प्रायः जसो कम्पनीले तालिममा समेटिएको पाइदैन ।

जीवन बीमा गर्ने बीमक तथा जीवन बीमा गराउने अभिकर्ताहरुले अझै पनि जीवन बीमा व्यवसायलाई पेशागत व्यवसायमा परिणत गर्न र गराउन सार्थक प्रयास गर्न नसकेको अनभूती हुन्छ । बीमा इजाजत पत्र जारी गरिएका र नविकरण गरिएका बीचको संख्यात्मक भिन्नताले यसको पुष्टी गर्छ । प्रायःजसो अभिकर्ता पेशालाई अंगाल्ने भन्दा पनि घरपरिवारका सदस्यको बीमा गर्दा प्राप्त हुने कमिशनवापतको रकमबाट लाभ लिनेमा ध्येय बोकेको पाइन्छ । यसो हुनुका पछाडी बीमा कम्पनी र अभिकर्ता स्वयम्ले पनि दीर्घकालीन लाभको सोंच राख्न नसक्नु मुख्य कारण हो ।

अभिकर्ता पेशाबाटै जीविका चलाउन सकिन्छ भन्ने विश्वासका साथ पूर्णकालीन अभिकर्ता भएर लाग्नेहरुको संख्या सीमित छ ।
बीमक र अभिकर्ताबीच निरन्तर सम्पर्क, संवाद, समन्वय, अन्तरकृया, पुनरताजगी तालिमको अभावमा व्यवसायीक अभिकर्ताको उत्पादन संभव हुँदैन ।बीमकले पनि प्रत्येक पटक बीमाशुल्क आम्दानी गरेर ल्याउने अभिकर्तालाई मात्र चासो, सम्मान् र प्रोत्साहन दिने प्रवृत्तिले पनि अन्यौलमा रहने नवप्रवेशीहरुलाई निरुत्साहित गरेको हुन्छ । अभिकर्ता इजाजत पत्र लिएकाहरुमध्ये अधिकांशले एक पटक मात्र व्यवसाय ल्याउने र त्यसपछि निष्कृय रहने प्रवृत्तिले निरन्तरता पाउने हो भने पेशागत रुपमा लागेको अभिकर्ता नै पलायन हुने अवस्था समेत आउन सक्छ ।

कम्पनीले हालसम्म पनि अभिकर्ता तालिमको विषयलाई गम्भीरतापूर्वक लिएकै पाइदैन । कम्पनीेले दिने १७ घण्टाको तालिम (४ दिने तालिम) र बेला बखतमा दिइरहने पुर्नताजगी तालिम बाहेक केही गरेको पाइएको छैन । कम्पनीले आफ्नो सबै खाले अभिकर्ताहरुलाई दिने एकैनासको तालिमले गर्दा पनि कोही कोही मात्र यस पेशालाई आफ्नो जीविकापार्जनको पेशा बनाउन सफल भएको देखिन्छ । अभिकर्ता तालिम पनि अभिकर्ताहरुले दिएको व्यवसायको मूल्याङ्कनको आधारमा र पाठ्यक्रम बनाई दिनुपर्ने अपरिहार्य भएको देखिन आएको छ । यसो नहुँदा  अभिकर्ताले हाल गरिरहेको व्यवसाय अभिकर्ताहरुले व्यवहारिक भोगाई तथा सिकाईमा भर पर्न बाध्य भएको देखिन्छ । अझ भन्ने हो भने जुन अभिकर्ताको बजारमा राम्रो चिनाजानी तथा भोगाई धेरै छ त्यही मध्ये केही अभिकर्ताहरुले कम्पनीमा व्यवसाय दिन्छन् र अन्य पलायन वा अन्य रोजगारमा पलायन हुन्छन् ।

अभिकर्ता पेशालाई अझै सम्मानित तथा पेशागत बनाउनको लागि कम्पनीले अभिकर्ता तालिम दिने अभ्यासमा परिवर्तन गर्नुपर्ने देखिन्छ साथै सो तालिमलाई विशेष पाठ्यक्रम बनाई तालिम संचालन गर्ने देखिन्छ । कम्पनीले पनि अभिकर्ताहरुलाई दिने तालिमलाई ४ भागमा विभाजन गर्नुपर्ने आवश्यता मैले महशुस गरेको छु ।

  • प्राथमिक तह अभिकर्ता तालिम
  • माध्यमिक तह अभिकर्ता तालिम
  • एडभान्स लेभल अभिकर्ता तालिम
  • सुपर एडभान्स लेभल अभिकर्ता तालिम

 बीमकले यो बाहेक पनि आफ्ना अभिकर्ताहरुलाई कम्पनी र बीमित प्रति किन र कसरी उत्तरदाीित्व हुने र बीमकको व्यवसायलाई अझ कसरी बिस्तार गर्न सकिन्छ त्यस विषयमा कम्पनीको उच्च व्यवस्थापन तथा राम्रो काम गरेका र राम्रो सुझाव दिन सक्ने अभिकर्ताहरुसँग निरन्तर सल्लाह र अन्तरकृया गर्नु अपरिहार्य हुन्छ । बीमितसग प्रत्यक्ष भेटेर र समाजसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले अभिकर्तासँगको अन्तरकृयाले विद्यमान र भावी चुनौतीको पहिचान गरेर समाधानका उपाय खोज्न सघाउँछ ।

नेपालमा हालसम्म पनि अभिकर्तालाई कम्पनीले दिने तालिम बाहेक अन्य कुनै पनि शिक्षण संस्था र तालिम केन्द्र आदिको व्यवस्था छैन । कुनै कुनै शिक्षण संस्थाले तालिम दिएता पनि बीमालाई नै लक्षित गरेर कुनै पनि शिक्षण संस्थाले तालिम दिएको देखिदैन । नेपाल बिमा प्राधिकरणले हालसालै स्थापना गर्ने भनिएको बीमा तालिम केन्द्र पनि अझ पूर्ण रुपमा संचालनमा आउन नसकेको कारणले सबै अभिकर्ता कम्पनीको तालिम तथा पुर्नताजगी तालिम वा आफैं व्यवसाय गर्दै जांदा भोगेको तथा पढेको कुरामा निर्भर हुदै आएका छन् वा कहिलेकांही कुनै कम्पनीले आफ्ना अभिकर्ताहरुलाई देश बाहिर गई लिएको तालिममा निर्भर हुंदै आईरहेका छन् ।
नेपालमा बीमा व्यवसायको क्षेत्रमा वास्तविक फड्को मार्नको लागि बीमा क्षेत्रमा मुख्य भूमिका खेल्ने अभिकर्ताहरुलाई कम्पनी र कम्पनीले गरेको व्यवसायको बारेमा राम्रो संग सुशिक्षित गर्न सकियो भने नेपालको बीमा क्षेत्रले ठूलो फड्को मार्ने सम्भावनालाई नकार्न सकिदैन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x