काठमाडौं । हिजो पनि २१ अंकले घटेको बजार आज साताको दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ९३ अंकले घटेर १,९९८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मुल्य बढेको छ भने १७१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज १ अर्ब ४० करोड ८९ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आइएमई लाइफको ५ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।