SKIP THIS

MLBL
IME Life
Beema Board

कार्कीका दम्पतिले छोराको पास्नीमा दिए २० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समयमा बीमा प्रतिको नागरिक चासो बढिरहेको छ । अहिले मानिसहरुले बिभिन्न अवसरहरु जस्तै जन्मदिन, पास्नी, बिवाह र अन्य धेरै शुभ अवसरहरुमा बीमालेख उपहार दिने गरेका छन् । अन्य जिन्सी सामान उपहार दिनुभन्दा यस्को छुट्टै महत्व रहने भन्दै मानिसहरुले बीमा पोलिसी उपहार दिने प्रचलन ल्याएका हुन् । यसै सन्दर्भमा ईटहरी १७, सुनसरीका एक दम्पतिले छोराको अन्न प्रासनको शुभ अवसर पारेर भदौ ०४ गते नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको २० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका छन् ।

दम्पति रोशन कार्की र सबिता खनालले छोरा अन्वीक्षण कार्कीको अन्न प्रासन (पास्नी) को अवसर पारेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको नौलो केटाकेटी जिवन बीमा पोलिसी उपहार दिएका हुन् । कम्पनीले बजारमा ल्याएको नौलो केटाकेटी जिवन बिमा पोलिसीमा भविष्यको लागि दिगो बचत साथै बच्चा र हकवाला समेतको जोखिम व्यावस्थापन गर्ने जानकारी दिदै धनकुटा शाखा प्रमुख निमेन्द्र लिम्बुले नानीको उज्ववल भविष्यको कामना साथै बीमाबाट आउने रकमले भविष्यमा बच्चाको उच्च शिक्षाका लागि ठुलो सहयोग गर्नेे बताए ।

Prabhu
Crest

उनले प्रत्येक जिम्मेवार नागरिकले आफ्नो र आफ्नो परिवारको सदस्यहरुको जीवन बीमा गर्नुपर्नेमा पनि जोड दिए । अन्न प्रासनको अवसर पारेर नेपाल लाइफ इन्स्योरेन्स कम्पनि धनकुटा शाखामा आवद्द कम्पनीका व्यावसायीक संयोजक पुष्कर खनालले दम्पतिलाई पोलिसी फाइल हस्तान्तरण गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS