Connect IPS
IME Life

ज्योति क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन् ८ प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति क्यापिटलले भदौ २१ गते बिहिबार साधारण सभा सभा गर्ने भएको छ । क्यापिटलको साउन ३१ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालयमा विहान ९ बजे गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको यस क्यापिटलको २०८० आषाढ मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, क्यापिटलको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले क्यापिटलको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा क्यापिटलको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायबाट संशोधन, परिवर्तन वा थप घट गर्न सुझाव वा निर्देशन प्राप्त भएम सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप र घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS