SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल लाइफमा अभिकर्ताकाे कमिशन दुई वर्षदेखि ओरालाे लाग्याे, वर्षदिनमै रु‍. ४२ कराेड गुमाए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडाै‌ं । दुई वर्षयता नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध  अभिकर्ताकाे कमिशनवापतकाे आम्दानी क्रमशः ओरालाे लाग्दै गएकाे छ।  अभिकर्ताले कमिशन तथा इन्सेन्टिभ(प्राेत्साहन)वापत पाउने रकम आर्थिक वर्ष २०७७/७८ यता आएर क्रमशः खुम्चि‌ंदै गएकाे हाे ।

नेपाल लाइफका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा अभिकर्ता कमिशन वापतकाे खर्च रकममा करिब १२ प्रतिशतले कटाैती भएकाे छ। अघिल्लाे आव २०७८/७९ मा अभिकर्ताले कमिशन तथा इन्सेन्टिभवापत नेपाल लाइफबाट ३ अर्ब ५२ कराेड ९९ लाख रुपैयाँ भुक्तानी लिएका थिए । गत आव २०७९/८० मा अभिकर्ताले जम्मा ३ अर्ब १० कराेड ७० लाख रुपैयाँ कमिशन पाएका छन् । एक वर्षकाे अन्तरालमा अभिकर्ता कमिशनकाे रकम ४२ कराेड २९ लाख रुपैयाँभन्दा बढीले खुम्चिएकाे छ।

Prabhu
Crest

प्रथम बीमाशुल्क वापतकाे आम्दानीमा उल्लेख्य गिरावट आएकाले पनि अभिकर्ताकाे कमिशनवापतकाे आम्दानीमा कटाैती भएकाे हाे । नेपाल लाइफकाे व्यवस्थापनले पछिल्लाे समय सूचना प्रविधि र वैकल्पिक वितरण माध्यमलाई प्राथमिकता दि‌ंदै परम्परागत वितरण प्रणालीमाथिकाे निर्भरता घटाउँदै लैजाने रणनीति अपनाएकाे छ।

आव २०७६/७७ काे तुलनामा आव २०७७/७८ मा अभिकर्ता कमिशन खर्च १३ प्रतिशतले वृद्धि भएकाेमा गत आवमा आएर करिब १२ प्रतिशतले खुम्चिएकाे छ। २०७६/७७ मा अभिकर्ताले ३ अर्ब १४ कराेड ४३ लाख रुपैयाँ कमिशन पाएका थिए । २०७७/७८ मा यस्ताे कमिशन बढेर ३ अर्ब ५५ कराेड ६३ लाख रुपैयाँ पुगेकाे थियाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%

खुसी

44%

दु :खी

6%

अचम्मित

13%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS