IME Life
Beema Board

नेशनल लाइफको खुद बीमा शुल्क १६ अर्ब, जीवन बीमा कोषको आकार १८% ले बढेर ६० अर्ब २५ करोड पुग्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८०को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नाफामा सामान्य प्रभावित भएता पनि अधिकांश सूचकमा बृद्धि देखिएको छ । नेशनल लाइफले बीमा प्राधिकरणले तोको चुक्ता पूँजी समेत कायम गरि बलियो बनेको छ । लाइफ इन्स्योरेन्स कम्पनीहरुको नाफा एक्चुअरी भ्यालुएशनपछि बास्तविक नाफा आउनेछ । त्यसकारण यस कम्पनीको नाफा अहिले सामान्य प्रभावित भएका पनि पछि बढ्न सक्ने सम्भावना रहेको छ ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४० करोड ७९ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब ५ करोड ६३ लाख रुपैयाँ संचिती थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती रकम घटेको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि १८ प्रतिशतले भई ६० अर्ब २५ करोड १५ लाख ९१ हजार पुगेको छ भने अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष ५० करोड ८० लाख थियो । कम्पनीको महा विपत्ती कोषमा ४८ करोड ८२ लाख संचिती छ ।
यस अवधिमा कम्पनीले ३६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ९२ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५० प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा कम्पनीले १५ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १४ अर्ब ११ करोड ५७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले ७ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६ अर्ब ४ करोड ३३ लाख दाबी तिरेको थियो । भुक्तानी हुन बाँकी दाबी ८२ करोड ३ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ २७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ ४८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS