IME Life
Beema Board

अप्पर लोहोरे खोलाको आइपीओ बाँडफाँड सम्पन्न, कसले कति पाए ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले आज ५ बजे, काजीको किचेन बत्तीसपुतलि काठमाडौंमा आइपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आइपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता शेयरको लागि आवेदन परेको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ ।

Prabhu
Crest

त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनालाई १० कित्ताका दरले १९ लाख ५३ हजार २७० कित्ता शेयर वितरण गरिएको छ । बाँकी रहेको ९ कित्ता शेयर भने २० देखि २५ हजार कित्तासम्म आवेदन दिएकाहरुलाई थप १ कित्ताका दरले वितरण गरिएको छ । त्यस अनुसार भाग्यमानी ९ जना आवेदकले ११ कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइ बाँडफाँड भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS