IME Life
GBIME

हिमाल दोलखाको लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले लिलामी मार्फत विक्री गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण समुहको हकप्रद शेयर साउन २२ गतेदेखि लिलामीमा विक्री गरेको थियो । कम्पनीले १५ लाख ७७ हजार २११ कित्ताका लागि आवेदन नपरेकाले लिलामीमा बिक्री गरेको हो । यस शेयरमा आज साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

Crest

शेयरमा लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर साथै लक्ष्मी सनराइज बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुंग, बुटवल, नेपालगंज, घोराही, सुर्खेत, धनगढी र महेन्द्रनगर बाट आवेदन दिन सकिने छ ।

उक्त शेयरमा न्युनतम १ सय कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य हुनुपर्ने कम्पनीले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS