IME Life
Beema Board

एशियन लाइफको खुद बीमा शुल्क आर्जनमा सामान्य बृद्धि हुँदा जीवन बीमा कोषमा ३६ अर्ब ९० करोडमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १६ प्रतिशतले घटेको छ भने अधिकांश सूचकमा बृद्धि भएको देखिएको छ ।

३ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २९ करोड १३ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९ करोड रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३६ अर्ब ९० करोड ५५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ३१ अर्ब थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले २४ करोडमाथि खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड १५ लाख ६४ हजार नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा गिरावट आएको हो । एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ।

समिक्षा अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वषृको यसै अवधिमा कम्पनीले ६ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा सामान्य बृद्धि हो ।

यस अवधिमा कम्पनीले २ अर्ब ८५ करोड खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ५७ करोड गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी तिरेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ ६१ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ ८२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS