SKIP THIS

MLBL
IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यवसाय २.६६%ले बृद्धि हुँदा तीन कम्पनीको घट्यो, कुनले कति गरे?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा २ दशमलव ६६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८ /७९ को असार मसान्तसम्ममा ३९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका कम्पनीहरुले समिक्षा अवधि अर्थात आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा ४० अर्ब २१ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

आर्थिक वर्ष २०७८/ ७९ को असार मसान्तसम्मको तुलनामा तीन कम्पनीहरु सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन घटेको छ । सगरमाथा लुम्बिनीको कुल बीमा शुल्क समिक्षा अवधिको तुलनामा २ प्रतिशतले घटेको छ । सिद्धार्थ प्रिमियरको कुल बीमा शुल्क ६ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीको १२ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क ६ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष ५ अर्ब कमाएको कम्पनीले यस समिक्षा अवधिमा ५ अर्ब ३१ करोड बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोडले समिक्षा अवधिमा ६ प्रतिशतले बृद्धि गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ३ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले समिक्षा अवधिमा ३ अर्ब ४१ करोड कुल बीमा शुल्क आर्जन गरेको हो ।
आर्थिक वर्ष २०७८ /७९ को असार मसान्तसम्ममा ३ अर्ब १० करोड कुल बीमा शुल्क आर्जन गरेको आइजिआई प्रुडेन्सियलले समिक्षा अवधिमा ३ अर्ब ३८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत बढी हो । हिमालयन एभरेष्टले अघिल्लो वर्षको तुलनामा कुल बीमा शुल्क आर्जन २ प्रतिशतले बृद्धि गरी ३ अर्ब ३५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले कुल बीमा शुल्क आर्जन बृद्धि गरी २ अर्ब ९२ करोड आर्जन गरेको छ ।

त्यस्तै, एनएलजीले अघिल्लो आर्थिक वर्षको तुलनामा कुल बीमा शुल्क १ प्रतिशतले बृद्धि गरी ४ अर्ब ४० करोड आर्जन गरेको छ । सानिमा जिआइसीले अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कुल बीमा शुल्क आर्जन १९ प्रतिशतले बृद्धि गरी २ अर्ब ३२ करोड आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले कुल बीमा शुल्क बृद्धि गरी १ अर्ब ६५ करोड आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सले अघिल्लो वर्षको तुलनामा सामान्य प्रतिशतले बृद्धि गरी १ अर्ब ५८ करोड आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले अघिल्लो वर्षको तुलनामा कुल बीमा शुल्क ४ प्रतिशतले बृद्धि गरी १ अर्ब ४९ करोड आर्जन गरेको छ । नेशनल इन्स्योरेन्सले अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बृद्धि गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS