SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से परिसूचक १४ अंकले बढ्यो, कारोबार रकम ३ अर्बमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ८१ अंकले बढेर २,०८० को विन्दुमा कायम भएको छ । आज १ सय कम्पनीको शेयर मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ । आज जीवन बीमा उपसूचक ० दशलमव ५१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक २ दशमलव २१ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २७१ कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको संस्थापक शेयर ५८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, घोराही सिमेन्टको २३ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ११ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आजबाट नै यस कम्पनीको शेयर कारोबार भएको हो । अपर सांङगे हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । माउन्टेन इनर्जीका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै घोराही सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् । अभियान लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS