SKIP THIS

MLBL
IME Life
Beema Board

अभिकर्ताकाे मनाेबल उच्च बनाई राख्न नेपाल लाइफका सञ्चालकलाई महासचिव केसीकाे आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ  । पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले बीमा व्यवसायमा अमूल्य याेगदान दि‌ंदै आएका अभिकर्ताकाे मनाेबल उच्च बनाई राख्नका लागी नेपाल लाइफकाे सञ्चालक र उच्च व्यवस्थापनसँग आग्रह गरेका छन् । हालै चितवनमा सम्पन्न नेपाल लाइफका अभिकर्ताकाे सम्मेलनलाई सम्बाेधन गर्ने क्रममा महासिचव केसीले अथक मिहेनत र परिश्रम गरेर कम्पनीलाई अब्बल बनाउन अहोरात्र लागि परेका अभिकर्ताकाे मनाेबल उच्च बनाउन आग्रह गरेका हुन् ।

उनले कार्यक्रमलाई सम्बाेधन गर्दै भने, अभिकर्ताकाे प्राेत्साहन वितरण सिस्टम चलाउने, सुविधा कटाैती गर्ने प्रवृत्तीले अन्याैलता ल्याउँछ, मनाेबल खस्काउँछ । त्यस्ताे नगरिदिन उनले अनुराेध गरे ।

Prabhu
Crest

अभिकर्ताकाे प्राेत्साहनमा पटक पटक फेरबदलले अन्याैलता निम्त्याएकाे भन्दै अभिकर्तालाई बढी भन्दा बढी सुविधा दिएर मनाेबल उच्च बनाउन उनले कम्पनीकाे सञ्चालक समितिलाई सुझाव दिएका छन् । उनले भने, पुस्ता हस्तान्तरण हुने गरी अभिकर्ता पेशालाई सम्मानित र मर्यादित बनाइ राख्न कम्पनीकाे सञ्चालकले नियामक निकायसमक्ष पनि उचित भूमीका निर्वाह गर्नुपर्छ।

कार्यक्रममा सम्मानित अभिकर्तालाई बधाई दि‌ंदै महासचिव केसीले कार्यक्रम आयाेजनाका लागि व्यवस्थापनलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

नियामकीय निकाय नेपाल बीमा प्राधिकरणलाई अभिकर्ता मैत्री नीति नियम तर्जुमा गरी अभिकर्ता पेशालाई मर्यादित र व्यवसायीक बनाउन आग्रह समेत गरे । अभिकर्ताको पेशागत शीप विकाश गरी नेपालमा बीमा जागरण गर्न पेशागत बीमा अभिकर्ता संघ सदैव तयार रहेको बताए ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो ।

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशश नेपाल प्रथम, द्वितीय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोडबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, शान्ता राजव‌ंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS