IME Life
Beema Board

मुक्तिनाथ र गरिमा विकास बैंकलाई १३ सूचकमा दाँजेर हेर्दा !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक नेपालका दुई चर्चित राष्ट्रिय स्तरका विकास बैंक हुन् । यी दुवै बैंक पोखराबाट उदाएका हुन्।  क्षेत्रीय स्तरको बैंक हुदाँ अब्बल सावित  गरेका दुवै बैंकले  राष्ट्रिय स्तरको बिकास बैंकमा स्तरउन्नती भए पश्चात अझ बढी आफुलाई सबल बैंकको रुपमा स्थापित भएका छन्।   आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासको आधारमा दुई बैंकलाई शेयर पुँजी, संचित नाफा, जगेडा कोष, निक्षेप, कर्जा, खुद व्याज आम्दानी, संचालन मुनाफा, खुद नाफा, प्रति शेयर आम्दानी, किताबी मूल्य र खराब कर्जा जस्ता महत्वपूर्ण सूचकका आधारमा तुलनात्मक अध्ययन गरिएको छ ।

दुई विकास बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :
चुक्ता पूँजीको आधारमा :
मुक्तिनाथ विकास बैंकको चुक्ता पूँजी ६ अर्ब ४२ करोड छ भने गरिमा विकास बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड रहेको छ ।

Prabhu
Crest

संचित नाफाको आधारमा :
मुक्तिनाथ विकास बैंकको संचित नाफा ६४ करोड हुँदा गरिमा विकास बैंकको ५५ करोड छ ।

जगेडा कोषको आधारमा :
मुक्तिनाथ विकास बैंकको जगेडा कोषमा २ अर्ब ३७ करोड रुपैयाँ संचित छ भने गरिमा विकास बैंकको जगेडा कोषमा २ अर्ब रुपैयाँ संचित छ ।

निक्षेप र कर्जाको आधारमा :
मुक्तिनाथ विकास बैंकले १ खर्ब १६ अर्ब निक्षेप संकलन गरी ९४ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ भने गरिमा विकास बैंकले ७६ अर्ब ९६ करोड निक्षेप संकलन गरी ६२ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
मुक्तिनाथ विकास बैंकले ४ अर्ब ११ करोड खुद व्याज आम्दानी गर्दा गरिमा विकास बैंकले ३ अर्ब २० करोड खुद व्याज आम्दानी गरेको छ ।

संचालन नाफाको आधारमा :
मुक्तिनाथ विकास बैंकले १ अर्ब ९७ करोड संचालन नाफा गर्दा गरिमा विकास बैंकले १ अर्ब ७२ करोड संचालन नाफा गरेको छ।

खुद नाफाको आधारमा :
मुक्तिनाथ विकास बैंकले १ अर्ब ३६ करोड खुद नाफा गरेको छ भने गरिमा विकास बैंकले १ अर्ब २१ करोड खुद नाफा गरेको छ ।

वितरणयोग्य नाफाको आधारमा :
मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा ६४ करोड रहेको छ भने गरिमा विकास बैंकको  वितरणयोग्य नाफा ५५ करोड रहेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
मुक्तिनाथ विकास बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ २४ पैसा छ भने गरिमा विकास बैंकको प्रति शेयर आम्दानी २३ रुपैयाँ ४७ पैसा छ ।

निस्क्रिय कर्जाको आधारमा :
मुक्तिनाथ विकास बैंकको निस्क्रिय कर्जा शून्य दशमलव ८९ प्रतिशत हुँदा गरिमा विकास बैंकको एक दशमलव ५५ प्रतिशत छ।

किताबी मूल्य :
मुक्तिनाथ विकास बैंकको किताबी मूल्य १४७ रुपैयाँ छ भने गरिमा विकास बैंकको किताबी मूल्य १४९ रुपैयाँ ५० पैसा छ ।

(नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS