SKIP THIS

MLBL
IME Life
Beema Board

असार महिनामा मात्रै जीवन बीमा कम्पनीले संकलन गरे साढे १२ अर्बमाथि नविकरण बीमा शुल्क, कसको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को असार महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले साढे १२ अर्बमाथि नविकरण बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले असारमा मात्रै ५ अर्ब २८ करोड ७३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरुले नविकरणले नै आफ्नो व्यवसाय चलाइरहेका छन् । प्रथम बीमा शुल्कको दोब्बर नविकरण वापत उठाएका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असार महिनामा मात्रै ३ अर्ब ३८ करोड १ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले १ अर्ब ७१ करोड ३३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले १ अर्ब ६० करोड ५ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, हिमालयन लाइफले १ अर्ब ४४ करोड ११ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
करोडमा नविकरण बीमा शुलक आर्जन गर्ने कम्पनीहरु
सूर्यज्योति लाइफले ८४ करोड ५१ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले ६८ करोड ५४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले ६१ करोड ४० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ४५ करोड ५४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ३८ करोड ७४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, आइएमई लाइफले ३७ करोड ८२ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले ३५ करोड ८८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले २७ करोड ३६ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले १७ करोड ७१ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफले १३ करोड ४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । महालक्ष्मी लाइफले ८ करोड ३२ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS