काठमाडाैं । बीमा व्यवसाय जाेखिमले भरिपूर्ण व्यवसाय हाे । अन्य व्यवसायकाे र व्यक्तिकाे वित्तीय जाेखिम व्यहाेर्नुपर्ने दायीत्वका कारण बीमा व्यवसायकाे भविष्य जाेखिमयुक्त र अनिश्चित हुन्छ । बीमा कम्पनीहरूले जाेखिम स्वीकारेवापत प्रत्यक्ष सहित अप्रत्यक्षरुपमा जाेडिएर आइपर्ने जाेखिमहरु अन्तरनिहित जाेखिम हुन् ।
बीमा जाेखिम
जीवन बीमा जोखिम भनेको वित्तीय हानि वा प्रतिकूल परिवर्तनको जोखिम हो । कुनै पनि अवस्थाकाे स्तरमा वा प्रवृत्तिमा परिवर्तनको फलस्वरूप बीमा दायीत्वहरूको मूल्य वा जोखिम तत्वको परिवर्तनशिलताका कारण जाेखिम पनि थपघट भइरहेकाे हुन्छ। जीवन बीमा अन्तर्गत बीमा जाेखिम निर्धारण गर्ने तत्वहरु हुन्: मृत्युदर, दीर्घायु, रोग, खर्च, खेंलाची र प्रकोप जोखिम।
निर्जीवन बीमा जोखिम अपर्याप्तताको कारणले हुने नोक्सानीको जोखिम हो । मूल्य निर्धारण, चयन, अनुमोदनमा गलत निर्णय गर्दै बीमा गर्न वा बीमा लेखको कम अनुमानित जोखिमको अवधारण दायित्वहरू।
बजार जोखिम
बजार जोखिम भनेको प्रतिकूल वित्तीय प्रभावको जोखिम हो । वित्तीय उपकरण(निक्षेप, ऋण पत्र, शेयर) को मूल्य वा अस्थिर उतार-चढाव र अन्य वित्तीय बजार तत्वहरू सहित ब्याज दर, शेयर मूल्य, सम्पत्ति मूल्य, विदेशी विनिमय दरमा हुने उतार चढावले पनि काराेबार जाेखिम निम्त्याउँछ।
उधाराेकाे जोखिम
उधाराेकाे जोखिम उधाराे लिने वा उत्पन्न सम्भावित नोक्सानीका रूपमा परिभाषित गरिएको छ । ऋण वा उधाराे लिने पक्षले समयमै आफ्नो वित्तीय दायित्व पूरा गर्न असफल भएको अवस्थामा यस्ताे जाेखिम आइपर्न सक्छ । यस्ताे जाेखिमलाई न्यूनीकरण गर्नका लागी पर्याप्त सुरक्षणकाे व्यवस्था गर्नु बुद्धिमानी हुनेछ।
परिचालन जोखिम
परिचालन जोखिम भनेको कार्यरत जनशक्तिकाे कमजाेरी वा गलत निर्णयका कारण बीमकर्तालाई हुने नोक्सानीको जोखिम हो । परिचालनसँग सम्बन्धित प्रावधानहरुकाे पूर्ण पालना नगरेकाे अवस्था वा आन्तरिक कार्य सञ्चालनमा नियन्त्रण, निगरानी र पारदर्शिता नभएकाे अवस्थामा परिचालन जाेखिम आइपर्न सक्छ।
रणनीतिक जोखिम
रणनीतिक जोखिम भनेको सम्भावित असफलताबाट बीमकलाई हुने क्षति वा जोखिम हो। रणनीतिक योजना बनाउने वा कार्यान्वयनमा त्रुटीहरू, यावत कारणले गर्दा आन्तरिक वा बाह्य घटनाहरू, जसले गर्दा बीमकले आफ्नो मूल लक्ष्य हासिल गर्न सकेन।
अनुपालन जोखिम (कानूनी र नियामक)
अनुपालन जोखिम पालना गर्न असफल भएको कारण बीमकर्तालाई हुन सक्ने घाटाको जोखिम हो । कानूनी र नियामक आवश्यकताहरुकाे पूर्ण पालनाबाट यस्ताे जाेखिम नियन्त्रण गर्न संभव हुन्छ।
पुनर्बीमा जाेखिम
बीमककाे जाेखिम बहन गर्ने आश्वासन दिएकाे पुनर्बीमा कम्पनी नै वित्तीय संकटमा परेकाे अवस्थामा वा पुनर्बीमा क्षतिपूर्ती दाबी दिन अस्वीकारेकाे अवस्थामा यस्ताे जाेखिम आइपर्न सक्छ। त्यसैले बीमकले जहिले पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त, पुराना र अनुभवी पुनर्बीमकलाई नै आफ्नाे राेजाईकाे प्राथमिकतामा पार्छन् । नेपाल बीमा प्राधिकरणले स्वदेशी पुनर्बीमकसँगै अनिवार्यरुपमा शत प्रतिशत पुनर्बीमा गर्नुपर्ने प्रावधान लादेर बीमा उद्याेगलाई नै अनिश्चितताकाे बाटाेमा धकेलेकाे छ। त्यसैले चालू आर्थिक वर्षकाे प्रारम्भ देखि नै नेपाली बीमा कम्पनीहरुका लागी पुनर्बीमा जाेखिम सबैभन्दा संवेदनशील जाेखिमका रूपमा देखा परेकाे छ।
आचरण जोखिम
आचरण जोखिम हानि वा खराब परिणाम वा अनुचित व्यवहार को जोखिम हो ।वर्तमान र भविष्यका बीमितहरू वा प्रतिकूल परिणामहरूतर्फ
अनुचित व्यापार आचरण वा व्यवसायको कारण बीमा बजारमा कदाचार वा नियामकले निर्धारण गरेकाे आचार संहिताकाे पालना गर्न नचाहने बीमक वा यसको प्रतिनिधिद्वारा यस्ताे जाेखिमकाे अवस्था निम्तिन सक्छ । अभिकर्ता वा कर्मचारीले जानजान बीमितकाे सम्बन्धमा कुनै जानकारी लुकाएर बीमा प्रस्तावकाे स्वीकृतिका लागी सिफारिश गर्ने प्रवृत्ती यस्ताे जाेखिम अन्तर्गत पर्छ।
मुद्रा निर्मलीकरण र आतंकवादको वित्त पोषण
अवैध धन र सम्पत्ति वैध कोषमा रूपान्तरण हुने जोखिम नै मुद्रा निर्मलीकरणकाे जाेखिम हाे । बीमालाई कालाे धन सेताे बनाउने माध्यमकाेरुपमा प्रयाेग गर्न सक्ने जाेखिम पनि बीमा व्यवसायकाे अन्तरनिहित जाेखिम हाे। बीमालेख खरिद गर्नका लागी भुक्तानी गर्ने बीमाशुल्ककाे आम्दानीकाे श्राेत वा बीमा गर्नका लागी प्रस्तावित सम्पत्ती खडा गर्ने आम्दानीकाे श्राेतकाे खाेजी गरेर बीमकले कालाेधन सेताे बनाउनका लागी बीमाकाे प्रयाेग हुने संभावनालाई निरुत्साहित पार्न सक्छन् ।
जलवायु जोखिम
जलवायू परिवर्तनका कारण आइपर्ने प्राकृतिक विपत्ती, प्रदुषण, महामारी, संक्रमण, माैसमी परिवर्तनका कारण बालीनालीमा हुनसक्ने क्षति, बाढी पहिराेका कारण हुने क्षतिकाे जाेखिमहरू जलवायू परिवर्तनका कारण कारण हुनसक्ने जाेखिम हुन् । नेपालकाे भूबनाेटका कारण जलवायू परिवर्तनकाे जाेखिम उच्च छ । विश्व बैंककाे अध्ययन अनुसार जलवायू परिवर्तनले हुने क्षतिले नेपालकाे कूल गार्हस्थ उत्पादनमा २ प्रतिशत नाेक्सानी पुर्याउँछ।
नेपाल बीमा प्राधिकरणले यीनै अन्तर्निहित जाेखिमहरुकाे आधारमा चालू आर्थिक वर्षदेखि बीमा कम्पनीहरुका लागी जाेखिममा आधारित पूँजी सम्बन्धी प्रावधान कार्यान्वयनकाे पहिलाे चरण शुरु गरेकाे छ। आव २०८३/८४ सम्ममा पूर्णरुपमा कार्यान्वयनमा आइसक्ने जाेखिममा आधारित पूँजी अवधारणा अन्तर्गत बीमकले उपराेक्त जाेखिमहरुलाई आंकलन गर्दै वित्तीय दायीत्व निर्धारण गर्नुपर्नेछ।