SKIP THIS

MLBL
IME Life
Beema Board

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो निःशुल्क रेमिट्यान्स पठाउन सकिने अनलाइन सुविधा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आरबीबी रिक्वेस्ट रेमिटमा अफर संचालनमा ल्याएको छ । बैंकले आरबीबी रिक्वेस्ट रेमिटबाट आफ्नो वेबसाइट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ पोर्टलमा रहेको बाट सजिलै विश्वका जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सक्ने सुविधा सञ्चालमा ल्याएको हो ।

बैंकले अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने आरबीबी रिक्वेस्ट रेमिट सुविधा सञ्चालनमा ल्याएको हो । यस सुविधाअन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ्ग र ट्रान्सफर प्रयोग गरी बैंकको आरबीबी रिक्वेस्ट रेमिट पोर्टलको सेण्ड रेमिटमार्फत रकम पठाउन सक्नेछन् ।

Prabhu
Crest

साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टलमार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ ।

ग्राहकले यो प्लेटफर्मबाटै विनिमय सटही दर पनि हेर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको सुरुवात भएको हो । यस कार्यका लागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ ।

ग्राहकहरुले सुरक्षीत रुपमा बैंकको वेवसाइट, मोवाईल बैंकिङ्ग(डिजिटल संसार), तथा ईन्टरनेट बैंकिङ्गको पोर्टल वा सोझै https://www.rbb.com.np/content/rbb-request-remit  माध्यमबाट बिना झञ्झट एक क्लिक गरी घरमै बसेर पठाउने र पाउने दुवैले रेमिटान्स सुविधाको उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS