काठमाडौं । गत आइतबार ३८ अंकले घटेको बजारमा हिजो सोमबार सामान्य ३ अंकले घटेको थियो भने आज पनि दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक २८ दशमलव ४० अंकले घटेर २,०१९ को विन्दुमा कायम भएको छ । आज २२ कम्पनीको शेयर मुल्य मात्रै बढेको छ भने १९८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज १ अर्ब ७३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार हुँदा आईएमई लाइफकोे सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको ४ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।