काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै वस्तु आयात गर्दा एलसीको सिमा बढाएको छ । नयाँ व्यवस्थासँगै अब तेस्रो मुलुकबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एलसी (वस्तु आयतको बैंकिङ भुक्तानी प्रणाली प्रतिपत्र) खोल्न पाइने भएको छ । यस अघि ५० हजार अमेरिकी डलर बराबरको मात्रै एलसी खोल्न पाइने व्यवस्था थियो ।
त्यस्तै, भारतबाट हुने आयातमा भने भारतीय रुपैयाँ ३ करोड रुपैयाँसम्मको सिमा तोकेको छ । बैंकले एक पटक सटही सुविधा प्राप्त गरेपछि सोही आयात तथा निर्यातकर्ताबाट ७ दिन पछि मात्रै अर्को सटही सुविधा प्राप्त गर्ने व्यवस्था पनि गरेको छ ।