SKIP THIS

MLBL
IME Life
Beema Board

लघुवित्तले १५% भन्दामाथिको लाभांशको ३५%ले हुने रकम ग्राहक संरक्षण कोषमा राख्नुपर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले आफ्नो मुनाफाको १ प्रतिशत रकम वा १५ प्रतिशतभन्दा माथि लाभांश वितरणको प्रस्ताव गरेमा प्रस्तावित लाभांशको ३५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । नाफाको केहि हिस्सा ग्राहकहरुको हितमा खर्च होस भन्ने उद्देश्यले लघुवित्त वित्तीय संस्थालाई नाफाको १ प्रतिशत रकम र १५ प्रतिशत भन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम अलग्गै ग्राहक संरक्षण कोषमा जम्मा गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

लघुवित्त वित्तीय संस्थाले उक्त कोषमा जम्मा भएको रकम समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवम पुनस्र्थापना गर्ने, ग्राहकको शिक्षा र क्षमता विकास गर्ने, ग्राहकका सन्तानको विद्यालयस्तरको शिक्षा, स्वास्थ्य तथा पोषण जस्ता सामुहिक हित हुने कार्यमा मात्र खर्च गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, थोक कर्जा उपलब्ध गराउने लघुवित्त वित्तीय संस्थाले यस्तो कोषको रकम ग्राहक संस्थाका सदश्यको वित्तीय साक्षरता अभिबृद्धिसम्बन्धी कार्यक्रममा समेत खर्च गर्न सक्छन् । यसरी खर्च भएको रकमसम्बन्धी विवरण संस्थाको वार्षिक प्रतिवेदनमा स्पष्ट रुपमा खुलाउनुपर्ने समेत केन्द्रीय बैंकले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS