IME Life
Beema Board

नबिल र ग्लोबल आइएमई बैंकलाई १२ सूचकमा दाँजेर हेर्दा !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंक र ग्लोबल आइएमई बैंक व्यवसाय र नाफामा एक अर्कालाई टक्कर दिने बैंकमा पर्दछन् । दुबै बैंकले गत आर्थिक वर्ष ७९/८० चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :चुक्ता पुँजीको आधारमा : नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ०५ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रहेको छ ।

जगेडा कोषको आधारमा : नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ०७ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको जगेडा कोषमा १९ अर्ब ९५ करोड रहेको छ ।

Prabhu
Crest

निक्षेप र कर्जाको आधारमा : बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ७९/८०को चौथो त्रैमासको वित्तीय विवरणको आधारमा नबिल बैंकले ३ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब कर्जा प्रवाह गरेको छ भने ग्लोबल आइएमई बैंकले ४ खर्ब २६ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानीको आधारमा : गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नबिल बैंकले १७ अर्ब ९८ करोड खुद ब्याज आम्दानी गरेकोमा ग्लोबल आइएमई बैंकले १७ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ ।

खुद मुनाफा : आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासको वित्तीय विवरणको आधारमा नबिल बैंकले ७ अर्ब ५२ करोड खुद नाफा गरेकोमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड खुद नाफा गरेको छ ।

किताबी मूल्य : नबिल बैंकको किताबी मूल्य २१४ रुपैयाँ ६९ पैसा छ भने ग्लोबल आइएमई बैंकको किताबी मूल्य १६४ रुपैयाँ ०५ पैसा छ ।

वार्षिक प्रति शेयर आम्दानी : वित्तीय विवरणको आधारमा नबिल बैंकको वार्षिक प्रति शेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा छ भने ग्लोबल आइएमई बैंकको वार्षिक प्रति शेयर आम्दानी २० रुपैयाँ २८ पैसा छ ।

वितरण योग्य मुनाफा : आर्थिक वर्ष ७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरणको आधारमा नबिल बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड रहेकोमा ग्लोबल आइएमई बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड रहेको छ ।

लाभांश क्षमता : उपलब्ध प्रति शेयर वितरणयोग्य मुनाफाको आधारमा नबिल बैंकको प्रति शेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ६४ पैसा रहेको छ भने ग्लोबल आइएमई बैंकको ८ रुपैयाँ २७ पैसा रहेको छ ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS