काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक तर्फको १० हजार ७३२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर आजदेखि विक्रीमा ल्याएको हो । बैंकको संस्थापक शेयरको मुल्य प्रतिकित्ता १२८ रूपैयाँ रहेको छ ।
शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा शेयर विक्री गरिने बैंकले जनाएको छ ।