IME Life
Beema Board

अति राष्ट्रवादले बीमा क्षेत्रलाई उच्च जाेखिममा धकेल्दै प्राधिकरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडाै‌ं । बीमा उद्याेगकाे नियामक नेपाल प्राधिकरणले जारी गरेकाे बीमककाे पुनर्बीमा निर्देशिकाले जाेखिमलाई केन्द्रीकृत गरेकाे भन्दै बीमकले असन्तुष्टी जनाएका छन् । स्वदेशमा नै शत प्रतिशत पुनर्बीमा गर्नुपर्ने प्रावधान लादेर बीमितकाे उच्चत्तम हितका लागी विश्वकाे सर्वाेत्कृष्ट पुनर्बीमक राेज्न पाउने अधिकार कुण्ठित पार्न खाेजेकाे भन्दै बीमकले आलाेचना समेत गरेका छन् ।

बीमककाे पुनर्बीमा निर्देशिका २०८० बीमकले ट्रिटी पुनर्बीमा अन्तर्गत प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरेपछि बाँकी हिस्साकाे कम्तीमा तीस प्रतिशत पुनर्बीमा बराबर हुने गरी स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्ने प्रावधान प्रति बीमकले असहमति जनाएका हुन् । जाेखिम विविधिकरण बीमाकाे स्थायीत्वका लागी अनिवार्य शर्त हाे । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा निर्देशिका मार्फत् स्वदेशी बीमककाे सबै जाेखिम कमजाेर स्वदेशी पुनर्बीमककाे काँधमा थाेपर्ने प्रयास गरेकाे छ। स्वदेशी पुनर्बीमककाे खुद धारण क्षमता निक्कै कमजाेर छ। २०७२ सालकाे जस्ताे कुनै ठूलाे विपत्ती वा विनाशकारी भूकम्पका कारण एक साथ ठूलाे दाबी परेकाे अवस्थामा स्वदेशी पुनर्बीमक वित्तीयरुपमा थला पर्ने निश्चित छ।

Prabhu
Crest

नेपालका बीमा कम्पनीले पुनर्बीमक आफै‌ंले चयन गर्ने स्वतन्त्रता हुँदा हनाेभर, स्कर, जिआइसीलगायतका विश्वका उत्कृष्ट पुनर्बीमक राेजेर जाेखिम हस्तान्तरण गर्दै आएका थिए । दशकाै‌ं पुराना र अनुभवी विश्वमै उत्कृष्ट ठहर्‍याईएका पुनर्बीमकलाई जाेखिम हस्तान्तरण गर्नु र नवप्रवेशी पुनर्बीमकसँग पुनर्बीमा गर्नु बीच कुनै तुलना नै हुन सक्दैन ।

स्वदेशी पुनर्बीमकहरु नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्याेरेन्ससँग सीमित प्राविधिक विशेषज्ञता, कमजाेर अनुभव, न्यून जाेखिम धारण क्षमता र सीमित कार्य अनुभव छ। यसले गर्दा विश्वमै ख्याती प्राप्त र उच्च स्तरकाे रेटिङ प्राप्त अन्तर्राष्ट्रिय पुनर्बीमककाे तुलनामा स्वदेशी पुनर्बीमकले कुनै बीमकले हस्तान्तरण गर्ने जाेखिम स्वीकार्ने वा अस्वीकार्ने सम्बन्धमा तथ्यपरक निर्णय गर्न सक्ने क्षमता स्वदेशी पुनर्बीमकसँग छैन ।

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा निर्देशिका मार्फत् जाेखिमकाे सिद्धान्त विपरित सबै जाेखिम एउटै डालाेमा हालेपछि बीमितकाे आर्थिक सुरक्षालाई लिएर बीमक चिन्तित छन् । नियामकीय अधिकारकाे अधिकत्तम दुरुपयाेग गरेर प्राधिकरणले निजी क्षेत्रकाे पुनर्बीमक हिमालयन रिइन्स्याेरेन्सकाे व्यापार धान्नकै लागी पटक पटक पुनर्बीमा निर्देशिका स‌ंशाेधन गरेकाे छ।

प्राधिकरणले छाेटाे अवधिमै पटक पटक संशाेधन गरेकाे र पटक पटक प्रावधान जारी गरेकाे निर्देशिकाहरूमध्ये पुनर्बीमा निर्देशिका र पुनर्बीमा सम्बन्धि परिपत्र सबैभन्दा धेरै पटक जारी गरेकाे छ।

दीर्घकालीन याेजना र रणनीति बनाएर हिंड्नुपर्ने बीमा व्यवसायमा प्राधिकरणले नीतिगत अस्थिरता निम्त्याइ दिएकाे छ । नीतिगत अस्थिरताका कारण अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी एएम बेष्टले समेत नेपालमा बीमा क्षेत्रका लागी नीतिगत जाेखिमलाई उच्च जाेखिमका रुपमा औंल्याएकाे छ।

उग्र राष्ट्रवादकाे नाराकाे आडमा बीमकले सबै जाेखिम स्वदेशी पुनर्बीमकमै केन्द्रित गर्दा भूकम्प र क्लाइमेट चेन्जकाे उच्च जाेखिममा रहेकाे नेपालमा एकैसाथ कुनै ठूलाे अप्रत्याशित विनाशकारी दुर्घटना भयाे भने पुनर्बीमकले दाबी भुक्तानी गर्न सक्नेछैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

80%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS