IME Life
Beema Board

एभरेष्ट बैंकको लाभांश क्षमता नै ४०% माथि, अन्य सूचक कस्ता छन् !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा ३६ दशमलव ८५ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी ४३ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब १८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा ३६ दशमलव ५१ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड रहेको छ । यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा (लाभांश क्षमता) ४० रुपैयाँ ५० पैसा रहेको छ ।

१० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा १० अर्ब २२ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निक्षेप संकलन १४ दशमलव ५८ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ९७ अर्ब पुगेको छ भने कर्जा प्रवाह १० दशमलव १२ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ६० अर्ब पुगेको छ ।

कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष शुन्य दशमलव १२ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा शुन्य दशमलव ७९ प्रतिशत रहेको छ ।

प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर आम्दानी ३१ रुपैयाँ ७२ पैसा र प्रति शेयर नेटवर्थ २३८ रुपैयाँ ३३ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS