IME Life
GBIME

सानिमा रिलायन्स लाइफले माग्यो ६ प्रदेशका लागि धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले धेरै सख्यामा र्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न ६ वटा प्रदेशका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले कोशि प्रदेशका बिर्तामोड शाखा, गौरदाह उपशाखा, ओखलढुङ्गा उपशाखा मधेश प्रदेशका बरहथवा उपशाखा, हरिवन शाखा लागि कर्मचारी माग गरेको छ ।बाग्मती प्रदेशका बत्तीसपुतली उपशाखा, सामाखुसी उपशाखा, भक्तपूर शाखा, पाटन शाखा, फर्पिङ्क उपशाखा, चापागाउँ उपशाखा बनेपा शाखा, चनौली उपशाखा र माडी उपशाखाका लागि कर्मचारी माग गरेको हो ।

Crest

त्यसैगरी गण्डकी प्रदेशका गल्कोट उपशाखा, हेम्जा उपशाखा, लुम्बिनी प्रदेशको परासी उपशाखा र कर्णाली प्रदेशको जुम्ला शाखाका लागि कर्मचारी माग गरेको हो ।

जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । जीवन बीमा बैंक तथा वित्तीय संस्थामा काम गरेका अनुभविलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति साउन १९ गतेले ७ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

19%

दु :खी

19%

अचम्मित

6%

उत्साहित

19%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS