Connect IPS
IME Life

समृद्धि फाइनान्सका ग्राहकले होटल ठमेल पार्कको सेवामा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच सम्झौता भएको छ । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र होटल ठमेल पार्कका तर्फबाट व्यवस्थापक प्रमुख कृष्ण प्रसाद ढकालले हस्ताक्षर गरेको जनाएको छ ।

यो सम्झौता पछी समृद्धि फाइनान्सका ग्राहकहरुले उक्त होटलमा सेवा तथा सुविधाहरु लिए वापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग, डेविट कार्ड तथा क्यू.आर. प्रयोग गरी भुक्तानीमा २० प्रतिशत सम्मको छुट प्राप्त गर्ने छन् । त्यस्तै उक्त होटलमा स्पामा २० प्रतिशत, फुड, वेभरेज तथा कोठामा १५ प्रतिशत छुट प्राप्त गर्ने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS