Connect IPS
IME Life

१२ कम्पनीको दुई करोड ९५ लाख कित्ता आइपीओ आउँदै, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा १२ कम्पनीले आवेदन दिएका छन् । आइपीओ निष्काशनको अनुमति पर्खाइमा यी कम्पनीहरुले विभिन्न मितिमा आवेदन दिएका हुन् । आइपीओ विक्रीका लागि आवेदन दिने १२ वटा कम्पनीहरुले कुल २ अर्ब ६३ करोड ८९ लाख ८४ हजार ४ सय रुपैयाँ बराबर (प्रीमियम मुल्यमा आइपीओ गर्ने कम्पनी बाहेकको) २ करोड ९५ लाख ६० हजार ४८४ कित्ता शेयर निष्काशनका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका हुन् ।

पाइपलाइनमा रहेका १२ वटा कम्पनीमध्ये, ३ जलविद्यत कम्पनी छन् । त्यस्तै ७ वटा अन्य र दुई वटा उत्पादनमुलक तथा प्रशोधन कम्पनी रहेका छन् । यी कम्पनीहरुले बोर्डको अनुमति पाएपछि आइपीओ निष्काशनको मिति तय गर्नेछन् ।

Prabhu
Crest

हिम स्टार उर्जा कम्पनी
यस कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले उक्त आइपीओ विक्रीका लागि २०८० जेठ ३१ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिल रहेको छ ।

डिश मिडया नेटवर्क
डिश मिडिया नेटवर्कले १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा असार १२ गते निवेदन पेश गरेको हो ।

आइएमई लिमिटेड
यस कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ विक्री गर्नका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डमा असार २९ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्काशन गर्नेछ ।

सानिमा हाइड्रोपावर
यस कम्पनीले १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डमा जेठ २६ गते निवेदन दिएको हो भने बोर्डले साउन १५ गते कम्पनीलाई कमेन्ट पठाइसकेको छ । कम्पनकिो आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कान्तिपुर टेलिभिजन नेटवर्क
यस टेलिभिजनले७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डमा जेठ २८ गते आइपीओ विक्रीका लागि निवेदन दिएको हो भने बोर्डले कम्पनीलाई साउन १५ गते कमेन्ट पठाइसकेको छ । कम्पनकिो आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

रिलायन्स स्पिनीङ मिल्स
यस कम्पनीले ७ लाख ७० हजार ६४० कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा २०७९ असार ३१ गते निवेदन दिएको हो भने बोर्डले कम्पनीलाई कमेन्ट पठाए अनुसार फेरी कम्पनीले बोर्डलाई उत्तर दिइसकेको छ ।

सर्वोत्तम सिमेन्ट
यस कम्पनीले २ लाख ४० हजार कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीलाई बोर्डले कमेन्ट गरी कम्पनीले समेत बोर्डलाई रिप्लाई दिइसकेको छ ।

एकर्ड फार्मास्यूटिकल्स
यस कम्पनीले ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७ लाख ६ हजार ९ सय ९ कित्ता आइपीओ विक्री गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीको आइपीओ विक्री गर्न बोर्डमा २०७९ पुस ४ गते निवेदन दिएकोमा बोर्डले कम्पनीलाई दुई पटक कमेन्ट पठाई कम्पनीले बोर्डलाई रिप्लाई समेत गरिसकेको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेपाल वेयरहाउजिङ कम्पनी
यस कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले आइपीओ विक्रीका लागि बोर्डमा २०७९ पुस २२ गते निवेदन दिएको हो । बोर्डले कम्पनीलाई कमेन्ट गरेकोमा कम्पनीले पनि सोही अनुरुप रिप्लाई दिइसकेको छ । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

भिजन लुम्बिनी उर्जा कम्पनी
यस कम्पनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनकिो आइपीओ विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा आइपीओ विक्रीका लागि २०७९ चैत २१ गते निवेदन दिएको हो । बोर्डले कम्पनीलाई कमेन्ट गरिसकेको र बोर्डको कमेन्ट कम्पनीले रिप्लाई दिइसकेको छ ।

ट्रेड टावर
यस कम्पनीले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता आइपीओ विक्री गर्न बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डमा २०७९ असार १४ गते निवेदन दिएको हो कम्पनीलाई बोर्डले कमेन्ट गरिसकेको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।्

मुक्तिनाथ कृषि कम्पनी
यस कम्पनीले १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आइपीओ विक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डमा २०७८ चैत २० गते निवेदन दिएको हो । कम्पनीलाई बोर्डले कमेन्ट पठाएको र कम्पनीले रिप्लाई समेत गरिसकेको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

नेपाल धितोपत्र बोर्डले यी कम्पनीहरुलाई आइपीओ निष्काशनको लागि अनुमति प्रदान गरिसकेपछि आयपीओ विक्रीको मिति तय गर्नेछन् । कम्पनीहरुले बैदेशि रोजगारमा रहेका नेपाल सरकारबाट श्रम स्वीकृति लिएका नेपालीहरुका लागि आइपीओ विक्री गरेपछि मात्रै सर्वसाधारणका लागि आइपीओ विक्री गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

62%

खुसी

6%

दु :खी

15%

अचम्मित

13%

उत्साहित

4%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS