SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयद्वारा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयले पत्रकारहरुसँग बीमा सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंहको प्रमुख आतिथ्यतामा प्रदेश तथा जिल्लास्थित पत्रकारहरुसँग बीमा सम्बन्धी विषयमा अन्तरक्रिया गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री सिंहले भुगोल, गरिवीको अवस्था तथा जोखिमलाई हेर्दा अन्य प्रदेशको तुलनामा अधिक जोखिम रहेको कर्णाली प्रदेशमा बीमा अति आवश्यक रहेकोले बीमाको पहुँच बिस्तार गर्न सबैको सहकार्य तथा समन्वय रहनुपर्ने बताए ।

Prabhu
Crest

प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख तथा उप निर्देशक पदम प्रसाद सोडारीले बीमा सम्बन्धी संक्षिप्त प्रस्तुतीकरणका साथै छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

छलफलको क्रममा पत्रकारहरुले बीमा क्षेत्रमा दावी भुक्तानी नै प्रमुख समस्या रहेको हुदाँ सो सम्बन्धमा प्राधिकरणले नीति नियममा परिमार्जन गरी दावी भुक्तानी सरलीकृत बनाउनुपर्ने बताएका थिए ।

राष्ट्रिय समाचार समितिका सुरज कुमार सिंहले बीमितले बीमा पोलिसी हराएमा पुनः प्रतिलिपी प्राप्त गर्नका लागि प्राधिकरणले सहज नीति ल्यानुपर्ने सुझाव दिएका थिए । त्यस्तै कार्यक्रममा सहभागी पत्रकारहरुले कृषि बीमा, मोटर बीमा, जीवन बीमा लगायतमा देखिएका समस्याहरु बारेमा प्रश्नहरु गरेका थिए ।

छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदै प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख पदम प्रसाद सोडारीले बीमा क्षेत्रमा देखिएका हरेक विसंगतिहरुको सत्यतथ्य जानकारी प्राधिकरणलाई उपलब्ध गराउन अनुरोध गरेका छन् । प्राधिकरण नेपालमा बीमा क्षेत्रको लागि शुरु अदालत भएको हुदाँ बीमा क्षेत्रमा देखिएको जुनसुकै विकृती तथा विसंगतिलाई नियन्त्रण गर्दै बीमितको हक हित संरक्षणमा प्रतिवद्ध रहेको बताए ।

नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव ललित बुडाले शुभकामना मन्तव्य दिदै नेपाल बीमा प्राधिकरणले यस क्षेत्रमा आर्थिक पत्रकारहरु निर्माणका लागि अनुशिक्षण दिनको लागि अनुरोध गरेका थिए । यसैगरी छलफल तथा अन्तरक्रियापश्चात् शुभकामना मन्तव्य दिदै नेपाल बीमा पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटाले बीमाको पहुँच बुद्धि तथा बीमितहरुले भोगेको समस्याहरुमा सत्यतथ्य जानकारी आमजनमानसमा पुर्याउन पत्रकारहरु प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव दीर्घबहादुर पोखरेलले बीमा संचालन तथा व्यवस्थापनको विषयमा प्रदेश सरकारले कानुन निर्माण गर्दै गरेको हुदाँ यस क्षेत्रमा नेपाल बीमा प्राधिकरणसंग थप छलफल तथा अन्तर्क्रिया गर्ने समेत बताए ।

बीमामा हुने नैतिक जोखिमलाई बीमा अपराधिकरणसँग तुलना गर्दै निमित्त सचिव पोखरेलले सोको नियन्त्रण गर्न सकेमा बीमाको विश्वसनियतामा वृद्धि हुने बताएका थिए । यसका साथै नेपाल पत्रकार महासंघलाई आर्थिक बिट तयार गरी कलम चलाउनको लागि समेत सुझाव दिँदै त्यसका लागि आवश्यक सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिँहले अर्थतन्त्रको प्रमुख क्षेत्रको रुपमा रहेको बीमाको पहुँच बृद्धिका लागि प्रदेश सरकारले अभियानकै रुपमा कार्य गर्ने समेत बताए । बीमा सम्बन्धी यस किसिमको कार्यक्रमले समग्र प्रदेशको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने बताउदै मन्त्री सिंहले कार्यक्रमको आयोजनाको लागि नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयलाई धन्यवाद समेत दिए ।

प्राधिकरणको कर्णाली प्रदेश कार्यालयको प्रमुख पदमप्रसाद सोडारीले सभापतित्वमा भएको उक्त कार्यक्रम प्राधिकरणका सहायक निर्देशक विनोद भुसालले संचालन गरेका थिए । उक्त कार्यक्रममा प्राधिकरणका सहायक प्रथम विश्वराज भट्टराईले कार्यक्रमको संक्षिप्त जानकारी सहित स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव दीर्घबहादुर पोखरेल, नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटा, नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदिप पुरी, सचिव ललित बुढा अतिथि रहेको उक्त कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेशका पदाधिकारीहरु, जिल्लाका पदाधिकारीहरु, विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरु, सम्पादकहरु तथा प्रतिनिधिहरु गरेर करिब ५० जनाको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS