काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १४ दशमलव २५ प्रतिशत बोनश शेयर मुल्य समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ६५ रुपैयाँ ५६ पैसा कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्य ७४ रुपैयाँ ९० पैसाको आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा यस कम्पनीको शेयर कारोबार खुल्नेछ ।