IME Life
Beema Board

सिद्धार्थ बैंकको नाफा करीब १० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा ९ दशमलव ९१ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी २३ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ५९ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा ९ दशमलव ८३ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख रहेको छ । यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा (लाभांश क्षमता) ५ रुपैयाँ ६५ पैसा रहेको छ ।

कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष १ दशमलव ०७ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा २ दशमलव ०१ प्रतिशत रहेको छ ।

१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा १० अर्ब ५७ करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ। प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा र  प्रति शेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS