IME Life
Beema Board

सिटिजन्स र माछापुच्छ्रे बैंकमध्ये कुन देखियो तगडा ? लाभांश क्षमता कसको धेरै ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष ७९/८० चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा : सिटिजन्स बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रहेको छ भने माछापुच्छ्रे बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रहेको छ ।

रिटेण्ड अर्निङ्गको आधारमा : सिटिजन्स बैंकको रिटेण्ड अर्निङ्गमा १ अर्ब ०३ करोड रहेको छ भने माछापुच्छ्रे बैंकको रिटेण्ड अर्निङ्गमा १ अर्ब ५६ करोड रहेको छ ।

जगेडा कोषको आधारमा : सिटिजन्स बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड रहेको छ भने माछापुच्छ्रे बैंकको जगेडा कोषमा ४ अर्ब ४६ करोड रहेको छ ।

निक्षेप र कर्जाको आधारमा : बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ७९/८०को चौथो त्रैमासको वित्तीय विवरणको आधारमा सिटिजन्स बैंकले १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेको छ भने माछापुच्छ्रे बैंकले १ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानीको आधारमा : गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सिटिजन्स बैंकले ५ अर्ब ८५ करोड खुद ब्याज आम्दानी गरेकोमा माछापुच्छ्रे बैंकले ५ अर्ब ३८ करोड खुद ब्याजआम्दानी गरेको छ ।

खुद मुनाफा : आर्थिक वर्ष ७९/८०को चौथो त्रैमासको वित्तीय विवरणको आधारमा सिटिजन्स बैंकले २ अर्ब २१ करोड खुद नाफा गरेकोमा माछापुच्छ्रे बैंकले १ अर्ब ८५ करोड खुद नाफा गरेको छ ।

किताबी मूल्य : सिटिजन्स बैंकको किताबी मूल्य १५० रुपैयाँ ०८ पैसा छ भने माछापुच्छ्रे बैंकको किताबी मूल्य १५९ रुपैयाँ १३ पैसा छ ।

वार्षिक प्रति शेयर आम्दानी : वित्तीय विवरणको आधारमा सिटिजन्स बैंकको वार्षिक प्रति शेयर आम्दानी १५ रुपैयाँ ५९ पैसा छ भने माछापुच्छ्रे बैंकको वार्षिक प्रति शेयर आम्दानी १८ रुपैयाँ ०५ पैसा छ ।

वितरण योग्य मुनाफा : आर्थिक वर्ष ७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरणको आधारमा सिटिजन्स बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ०३ करोड रहेकोमा माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रहेको छ ।

लाभांश क्षमता : उपलब्ध प्रति शेयर वितरणयोग्य मुनाफाको आधारमा सिटिजन्स बैंकको प्रति शेयर वितरणयोग्य नाफा ७ रुपैयाँ ३० पैसा रहेको छ भने माछापुच्छ्रे बैंकको १५ रुपैयाँ २९ पैसा रहेको छ ।

खराब कर्जा : सिटिजन्स बैंकको खराब कर्जा ३ दशमलव १९ प्रतिशत रहेकोमा माछापुच्छ्रे बैंकको २ दशमलव १२ प्रतिशत छ ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

29%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS